ताजा खबर

छोराछोरीको नागरिकता सम्बन्धमा महिला सांसदको प्रश्न-‘आमा किन स्वैच्छिक ?’

RadioTaplajung

छोराछोरीको नागरिकता सम्बन्धमा महिला सांसदको प्रश्न-‘आमा किन स्वैच्छिक ?’
साउन ३० गते । नागरिकतासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकमा छोराछोरीलाई नागरिकता लिँदा बुबालाई अनिवार्य र आमालाई स्वैच्छिक बनाइएकामा सांसदले विरोध जनाएका छन् । सरकारले संसद्‌मा पेस गरेको विधेयक महिलामैत्री नभएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् ।
संसद्को मंगलबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले नेपाल नागरिकता पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भनी राखेको प्रस्तावमा छलफलक्रममा सांसदहरूले विभेदपूर्ण व्यवस्था हटाएर संविधानको मर्मअनुरूप बनाउन माग गरे । ‘छोराछोरीको नागरिकतामा आमालाई स्वेच्छिक बनाएर बाबुलाई अनिवार्य किन बनाइयो रु विभेद गर्न पाइँदैन । संविधानमा समेत वंशीय आधारमा समान अधिकार हुने भनिएको छ,’ डिला संग्रौलाले भनिन्, ‘विधेयकमा नेपाली आमाबाट जन्मिएको बाबुको पहिचान नभए आमाले पुष्टि गर्नुपर्ने विभेदपूर्ण प्रावधान राखिएको छ । यो व्यवस्था हटाइनुपर्छ ।’ आमाको नामबाट सहजै नागरिकता पाउने व्यवस्था हुनुपर्ने उनले बताइन् ।

सांसद शान्ति तामाङले नेपाली नागरिकले राज्यविहीन हुन नपर्ने गरी कानुन बनाउनुपर्ने बताइन् । ‘आमा धर्ती, मायाको खानी भन्छौं, आमाले हुर्काएको पुरुष पहिलो दर्जाको हुने, आमा दोस्रो दर्जाको कसरी हुन सक्छ,’ उनले भनिन् । सांसद लक्ष्मी परियारले संविधानले महिलालाई अंश र वंशको अधिकार दिए पनि सन्तानलाई नागरिकता दिन विभेद गरिएको बताइन् ।

बिन्दा पाण्डेले सबै नेपालीका सन्तानले सहजै नागरिक हुन पाउने गरी कानुन बनाउनुपर्ने बताइन् । ‘कसैलाई राज्यविहीन बनाउने लाइसेन्स हामीलाई छैन,’ उनले भनिन् । सरलाकुमारी यादवले आमालाई स्वैच्छिक बनाउन महिलाले के अपराध गरेका छन् भन्ने प्रश्न गरिन् । सांसद पुष्पा भुसालले नेपाली महिलाले नेपालमा सन्तान जन्माएपछि उसको नागरिकता बनाउन श्रीमानको पुस्ट्याइँ पेस गर्नुपर्ने व्यवस्था महिलामैत्री नभएको बताइन् । अञ्जना बिशंखेले नागरिकता विधेयक संविधानको मर्मविपरीत हुन नहुने धारणा राखिन् । रेखा शर्माले विभेदपूर्ण तरिकाले कानुन आएकाले सच्याउनुपर्ने बताइन् ।

सांसद दुर्गा पौडेलले नागरिकता दिने विधि बसको टिकटजस्तो नभएकाले राज्य कठोर हुनुपर्ने तर्क गरिन् । ‘छिमेकी मुलुकमा बुहारीले नागरिकता पाउन ७ वर्ष कुर्नुपर्छ भने हाम्रोमा फितलो किन रु’ उनले भनिन्, ‘हामी त झन् गम्भीर हुनुपर्छ । नागरिकता दिने विधि फितलो बनाउनु हँुदैन ।’ यशोदा गुरुङले संविधानै संशोधन गरेर महिलामैत्री बनाउनुपर्ने बताइन् ।

अनिलकुमार झाले नागरिकतामाथि राजनीति नगर्न आग्रह गरे । कृष्णभक्त पोखरेलले संवैधानिक हक कार्यान्वयन गर्न ल्याइएको विधेयकले समस्या समाधान गर्ने बताए । हृदयेश त्रिपाठीले आमा र बुबामा विभेद गर्न नहुने धारणा राखे । ‘समानताको गफ गर्नेलाई किन कब्जियत हुन्छ रु,’ उनले भने, ‘सवाल नागरिकता होइन, मानसिकता हो ।’ भीम रावलले सरकारले संसद्मा ल्याएको विधेयक संविधानसँग बाझिएको बताए ।

अघिल्लो संविधानमा भएको व्यवस्थाअनुसार ऐन संशोधन गर्न लागिएको उनले जनाए । ‘जन्मसिद्ध हो कि होइन भनेर पहिला तीन जनाले प्रमाणित गर्नुपथ्र्यो,’ उनले भने, ‘अब दुई जनाले प्रमाणित गर्नुपर्ने प्रावधान राखिएको छ । यो व्यवस्था संविधानविपरीत छ । प्रमाणित गर्नुपर्ने व्यवस्था अन्तरिम संविधानमा मात्रै थियो ।’

प्रेम सुवालले नेपालीबाहेक अन्य मुलुकका नागरिकले नेपालमा सन्तान जन्माएकै आधारमा नागरिकता दिन नसक्ने व्यवस्था गर्नुपर्ने बताए । ‘सरकारले अघि सारेको विधेयक बसको टिकट किन्नुभन्दा पनि सहज भयो,’ उनले भने, ‘विदेशीले नागरिकता पाउनु हुँदैन । यसलाई सच्याइयोस् ।’ गगन थापाले आमाको नाममा सहजै नागरिक दिने कानुन बनाउनुपर्ने बताए । ‘कानुनमा समान बनाउन संविधानले छेक्छ भने संशोधन गरौं,’ उनले भने ।

गृहमन्त्री थापाले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै नागरिकता प्रदान राष्ट्रिय सुरक्षा, मुलुकको पहिचान र अस्मितासँग जोडिएकाले त्यहीअनुसार विधेयक अघि बढाएको बताए । ‘समानता र अधिकारसँगै राष्ट्रिय सुरक्षा गर्ने काम पनि हाम्रो हो,’ उनले भने, ‘सबै नेपालीले नागरिकता पाउनुपर्छ । विभेदकारी छ भने परिमार्जन गरेर सच्याउन सदनले भूमिका खेल्नेछ ।’ स्रोतःई कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा

RadioTaplajung

माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट

  फागुन ४ गते । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले

RadioTaplajung

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय   फागुन ४ गते ।बालुुवाटारको बहुुचर्चित ललिता निवास प्रकरणमा नेताहरुले सफाइ पाएका छन्