ताजा खबर

सिक्टा सिँचाइ नहरको गुणस्तर छानबिन सुरु

RadioTaplajung

सिक्टा सिँचाइ नहरको गुणस्तर छानबिन सुरु
साउन ३० गते । नेपालगन्ज-बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाको मूल नहरको गुणस्तरमा पटकपटक प्रश्न उठ्न थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भत्किएको नहरमै पुगेर छानबिन सुरु गरेको छ ।
आयोजनाको मूल नहरको गुणस्तरमा प्रश्न उठ्न थालेपछि अख्तियार दुरुपयोग आयोगले गठन गरेको ५ सदस्यीय अनुसन्धान टोलीले नहरमै पुगेर स्थलगत अध्ययन सुरु गरेको हो । अख्तियार अनुसन्धान दुरुपयोग आयोगको काठमाडौंबाट आएको टोलीले नहर भत्किएको स्थानमै पुगेर निरीक्षण सुरु गरेको सिक्टा सिँचाइ आयोजनाले जनाएकोे छ । आयोजनाका डिभिजनल इन्जिनियर प्रकाश कार्कीले अख्तियारको टोलीले बाँकेमा पुगेर अनुसन्धान सुरु गरेको बताए ।
अख्तियारका अधिकारीले नेपालगन्जस्थित आयोजना प्रमुखलगायतसँग आर्थिक तथा प्राविधिक पक्षका बारेमा जानकारी मागेको अख्तियारले जनाएको छ । सिक्टा सिँचाइ आयोजनाको मूल नहर परीक्षणकै क्रममा पटकपटक भत्किएको भन्दै त्यसको गुणस्तर जाँचका लागि चौतर्फी रूपमा ब्यापक आवाज उठ्न थालेपछि अख्तियारले ५ सदस्यीय अनुसन्धान समूह गठन गरेकोे थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयका प्रवक्ता रामेश्वर दंगालले सिक्टा आयोजनाको भत्किएको नहरबारे अध्ययनका लागि अनुसन्धान टोली नेपालगन्ज गएको र स्थलगत अध्ययन सुरु गरेको बताए । हाल अध्ययन र अनुसन्धानकै क्रममा रहेकाले त्यसबारे विस्तृत जानकारी दिन नमिल्ने उनले बताए ।
सिक्टाको मूल नहर पहिलो पटक २०७३ असार १४ गते परीक्षण गर्दा अगैया ब्यारेजदेखि पश्चिमतर्फको २६ किलोमिटर दूरी झिझरीनजिकै भत्किएको थियो । यो वर्षामा पनि यही साउन ७ गते नहर भत्किएपछि गुणस्तर जाँचका लागि आवाज उठेको हो । आफ्नै लगानीमा मुलुककै बहुचर्चित आयोजना निर्माण भएका कारणले पनि बाँकेवासीले अनुसन्धानमा बढी चासो देखाएका छन् ।
२५ अर्ब बढीको लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर र स्लोभ पटकपटक भत्किने गरेको छ । ०६१र६२ देखि निर्माण सुरु भएको सो आयोजनामा हालसम्म हेडवक्र्ससहित करिब १५ अर्ब रुपैयाँ खर्च भइसकेको छ । तर पनि जिल्लाका किसानले अझैसम्म सो आयोजनाबाट सिँचाइका लागि पानी पाएका छैनन् ।
सुरुको लक्ष्यअनुसार झन्डै १२ अर्ब रुपैयाँ लागतमा उक्त आयोजना सम्पन्न हुने अनुमान थियो । तर, दोस्रो गुरुयोजनामार्फत लागत खर्च र कामको परिमाण बढाएर सरकारले आव ०७६र७७ भित्रमा सिक्टाको सम्पूर्ण काम सक्ने लक्ष्य लिएको छ ।
आयोजनाको सम्पूर्ण काम सम्पन्न हुँदा कुल लागत खर्च २५ अर्ब रुपैयाँ नाघ्ने सरकारी अनुमान छ । हालसम्म सिक्टाको करिब ५७ प्रतिशत काम सम्पन्न भएको कार्यालयले जनाएको छ । स्रोतःकारोवार दैनिक

प्रतिकृया दिनुहोस
RadioTaplajung

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा

माघ २३ गते । सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ मा गरिने भएको छ ।  मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन

RadioTaplajung

अबरुद्ध रहेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु

रेडियो ताप्लेजुङ,माघ १० गते ।अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ ।   कम्पनीले पाँचथर

RadioTaplajung

शिलाजीत वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

माघ ४ गते / रेडियो ताप्लेजुङ - शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान,