ताजा खबर

ताप्लेजुङमा भदौ ८ गतेदेखि हुने फुटबलको खेल तालिका सार्वजनिक ! कुन खेल कहिले ?

RadioTaplajung

ताप्लेजुङमा भदौ ८ गतेदेखि हुने फुटबलको खेल तालिका सार्वजनिक ! कुन खेल कहिले ?
देवराज गुरुङ,रेडियो ताप्लेजुङ । साउन २९ गते । आगामी भदौ ८ गतेदेखि हुने पूर्वाञ्चलकै प्रतिष्ठित फुटबल प्रतियोगता 'तेश्रो अन्तराष्ट्रिय पाथीभरा गोल्डकप २०७५’ को खेल तालिका मंगलबार सार्वजनिक गरिएको छ । सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगीता सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको मैदानमा हुनेछ । सबै खेल दिउँसो २ बजे हुने आयोजक लाखेजात्रा खेल संञ्चालन समिति अध्यक्ष मोती पतङ्वाले बताए ।
उद्घाटन खेल अर्थात भदौ ८ गते कंञ्चनजंघा फुङलिङ क्लब,ताप्लेजुङ र रेडहर्स क्लब इलामबिच प्रतिस्पर्धा हुनेछ । दोश्रो खेल भदौ ९ गते कर्णसिंह सोनाम क्लब ताप्लेजुङ र फिदिम स्र्पोटिङ क्लब पाँचथरबिच हुने भएको छ । तेश्रो खेल कंञ्चनजंघा फुङलिङ क्लब,ताप्लेजुङ र रेडहर्स क्लब इलामबिचको विजेतासँग रेडस्टार क्लब झापाले भदौ १० गते खेल्नेछ । कर्णसिंह सोनाम क्लब ताप्लेजुङ र फिदिम स्र्पोटिङ क्लब पाँचथरबिचको विजेताबिच चौथो खेल भदौ ११ गते न्यू स्टार क्लब झापाबिच हुनेछ । पाँचौ खेल यूनाइटेड खर्साङ दार्जिलिङ र राष्ट्रिय जागृती क्लब इटहरी सुनसरीबिच भदौ १२ गते हुनेछ । भदौ १३ गते छैटौ खेलमा आम्रोस क्लब मोरङले चर्च ब्वाइज क्लब काठमाडौलाई प्रतिस्पर्धी पाएको छ । काठमाडौ गतवर्षको विजेता टिम (डिफेन्डिङ च्याम्पियन) हो । फाइनल खेल समूह ए र बी को विजेताबिच भदौ १६ गते हुने भएको छ ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा