ताजा खबर

विश्वकै बस्नलायक शहरको सूचीमा भियना पहिलो नम्बरमा

RadioTaplajung

विश्वकै बस्नलायक शहरको सूचीमा भियना पहिलो नम्बरमा
साउन २९ गते । विश्वकै सबैभन्दा बस्न लायक शहरमा अस्ट्रियाको राजधानी भियना परेको छ ।

इकोनोमिष्ट इन्टेलिजेन्स यूनिटले तयार पारेको ग्लोवल सर्भेको सूचीमा भियनाले अष्ट्रेलियाको मेलवर्नलाई पछि पारेको हो ।

राजनीतिक र सामाजिक स्थायित्व, अपराध, शिक्षा, स्वास्थ्यमा पहुंच जस्ता पक्षलाई आधार मानेर विश्वका १ सय ४० शहरलाई सूचीकृत गरिएको हो ।

सूचीको १० औं स्थान भित्र अष्ट्रेलियाका तीन शहर पर्दा, तेस्रो र सातौं स्थानमा जापानका दुई शहर ओसाका र टोकियो परेका छन् ।

क्यानडाका दुई शहर भ्यानकुभर र टोरन्टो छैटौं र आठौं स्थान भित्र समेटिएका छन् ।

सूचीको अन्तिममा भने गृहयुद्धको चपेटामा परेको सिरियाको राजधानी दमास्कस परेको छ ।

दमास्कसलाई बंगलादेशको राजधानी ढाका, नाइजेरियाको लागोस, पाकिस्तानको कराँची शहरले पछ्याइरहेका छन् । (एजेन्सी)

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल