ताजा खबर

दिल्लीको संसद भवन नजिकै गोली चल्यो, जेएनयू छात्र उमर खालिद बालबाल बचे

RadioTaplajung

दिल्लीको संसद भवन नजिकै गोली चल्यो, जेएनयू छात्र उमर खालिद बालबाल बचे
 साउन २८ गते । जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)का छात्र उमर खालिदमाथि गोली प्रहार भएको छ ।

केही वर्षदेखि विवादास्पद अभिव्यक्तिका कारण चर्चामा रहेका खालिदमाथि दिल्लीको कन्स्टिट्युसन क्लबबाहिर गोली हानिएको हो । प्रत्यक्षदर्शीका अनुसार उमर खालिद रफी मार्गमा रहेको एउटा चिया पसलमा बस्दै गर्दा एक जना व्यक्त आएर धक्का दिँदै गोली प्रहार गरेका थिए । खालिद लडेका कारण उनलाई भने गोली लागेन ।

दिल्लीमा रहेको संसद भवन नजिकै रहेको क्लबमा ‘आजादी’ नामक एक कार्यक्रममा खालिद सहभागी हुँदै थिए । यो क्षेत्र दिल्लीको निकै नै सुरक्षित क्षेत्र मानिन्छ । उमर खालिद जेएनयुका विद्यार्थी नेता हुन् । उनीमाथि जेएनयूभित्र भारतविरोधी नारा लगाएको आरोप लागेको थियो । सन् २०१६ को फेब्रुअरीमा छात्र नेता कन्हैया कुमार, अनिर्बान भट्टाचार्यसँगै खालिद पनि गिरफ्तार भएका थिए । उमर खालिदले आफूले भारतविरोधी नारा नलगाएको बताउँदै आएका छन् ।

यही मामिलामा उमर खालिद र कन्हैया कुमारलाई पीएचडीको उपाधि दिन इन्कार गरिएको छ । उनीहरुको थेसिस विश्वविद्यालयले लिन मानिरहेको थिएन । दिल्ली उच्च अदालतमा यो मुद्धा पुगेपछि दुवैले थेसिस भने बुझाएका छन् । स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल