ताजा खबर

ताप्लेजुङकी अनुस्का शेर्पाको गोलले अग्रता लिएको नेपाल सेमिफाइनलमा

RadioTaplajung


रेडियो ताप्लेजुङ
साउन २७ । नेपाल भुटानमा जारी यू १५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । ताप्लेजुङकी अनुस्का शेर्पाको गोलले अग्रता लिएको नेपालले शनिबार खेलमा आज पाकिस्तानलाई ४–० लाई हराएसँगै अन्तिम चारको यात्रा तय गरेको हो । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका स्थित पृथ्वि माविकी विद्यार्थी अनुस्काले आठौं मिनेटमै गोल गरेर सुखद् सुरुवात गरेकी थिइन् । पहिलो हाफमा २–० ले अग्रता लिएको नेपालले दोस्रो हाफमा अर्को २ गोल थपेको थियो । नेपालका लागि सविता राना मगरले १४ औं मिनेटमा गोल गर्दै अन्तरलाई दोब्बर पारेकी थिइन् । दोस्रो हाफमा सविता र रजनी थोकरले गोल थपेका थिए । यो नतिजापछि समूहको अर्को टोली बंगलादेश पनि सेमिफाइनलमा पुगेको छ । बंगलादेशले पहिलो खेलमा पाकिस्तानलाई १४–० ले हराएको थियो । नेपाल र बंगलादेशबीच हुने खेलको नतिजाले समूह विजेता उपविजेताको टुंगो लगाउने छ । दुवै खेल हारेपछि पाकिस्तान प्रतियोगिताबाट बाहिरएको छ । 
फोटोः हाम्रो खेलकुद अनलाइनबाट

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा