ताजा खबर

फेसबुक संस्थापक मार्क जुकरवर्गले माफी मागे

SITENAME

 फेसबुक संस्थापक मार्क जुकरवर्गले माफी मागे
 चैत २८ । सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरवर्गले डाटा चोरी मामलामा माफी मागेका छन् । अमेरिकी संसदीय समितिमा उपस्थित भएका उनले डाटा चोरी हुनुमा आफ्नो जिम्मेवारी स्वीकार गर्दै माफी मागेका हुन् ।

जुकरवर्गसँग अमेरिकाको दुईवटा संसदीय समितिको संयुक्त बैठकमा डाटा चोरीबारे स्पष्टिकरण लिइएको थियो । उनले आफ्नो कम्पनीमाथि मानिसको विश्वास कायम राख्नका लागि विभिन्न सुधारका काम भइरहेको जानकारीसमेत दिए ।

उनले भने, ‘हामीले पर्याप्त रुपमा आफ्नो जिम्मेवारी निर्वाह गरेनौं, तर अब प्रयोगकताहरुलाई सतर्क तुल्याउन र आवश्यक सुरक्षा प्रवन्धका काम गरिरहेका छौं ।’

उनले डाटा चोरी हुनुमा आफ्नो ठूलो गल्ती रहेको बताए । ‘यो मेरो गल्ती हो, मलाई यसमा अफसोस छ,’ उनले भने, ‘मैले फेसबुक सुरु गरेँ, त्यसलाई सञ्चालन गरेँ, यसमा जे भइरहेको छ, त्यसका लागि म नै जिम्मेवार छु ।’

उनले डाटा चोरी हुन सक्ने टुल्सका बारेमा आफूहरुले सुरक्षा प्रवन्धका लागि पर्याप्त काम गर्न नसकेको स्वीकार गरे । उनले भविष्यमा यस्ता गल्ती दोहोरिन नदिन नियम तथा प्राविधिक सुधार गरिने प्रतिबद्धतासमेत जनाए । एजेन्सी

प्रतिकृया दिनुहोस
SITENAME

तालिबानको धम्कीपछि लिटिल मेसीुको परिवारले छोडे देश

तालिबानको धम्कीपछि लिटिल मेसीुको परिवारले छोडे देश  मंसिर २१ गते ।  तालिबानको चेतावनीका कारण अफगानिस्तानी लिटिल मेसीको परिवार फेरि देश छोड्नु

SITENAME

आइनस्टाइनले ईश्वर र धर्मका बारेमा लेखेको पत्र ३३ करोडमा बिक्यो

आइनस्टाइनले ईश्वर र धर्मका बारेमा लेखेको पत्र ३३ करोडमा बिक्यो  मंसिर २० गते । विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले ईश्वर तथा धर्मका

SITENAME

इन्डोनेसियाको पपुवामा निर्माण क्षेत्रमा संलग्न २४ मजदुरको गोली हानी हत्या

इन्डोनेसियाको पपुवामा निर्माण क्षेत्रमा संलग्न २४ मजदुरको गोली हानी हत्या मंसिर १९ गते । इन्डोनेसियाको पूर्व प्रान्त पपुवामा बन्दुकधारी गोली हानेर