ताजा खबर

इंग्ल्याण्डसँगको टेष्टमा भारत १०७ रनमै अलआउट, एण्डरसनले लिए ५ विकेट

RadioTaplajung

इंग्ल्याण्डसँगको टेष्टमा भारत १०७ रनमै अलआउट, एण्डरसनले लिए ५ विकेट
 साउन २६ गते । आईसीसीको टेष्ट वरीयतामा शीर्ष स्थानमा रहेको भारतीय क्रिकेट टोली इंग्ल्याण्डविरुद्धको दोस्रो टेष्टको पहिलो इनिङमा १०७ रनमै अलआउट भएको छ ।
 
बिहीबारदेखि सुरु हुनुपर्ने म्याच वर्षाका कारण शुक्रबार मात्र टस सम्भव भएको थियो । जहाँ लर्डस मैदानमा इंग्ल्याण्डले टस जितेर फिल्डिङ रोजेको थियो ।
 
वर्षाले खेल रोकिनुअघि नै ४ ओभरमा भारतीय टोलीको हालत १५–३ पुगिसकेको थियो । लामो वर्षापछि स्वीङ विकेटमा इंग्ल्याण्डका भेट्रान बलर जेम्स एण्डरसनले त्यसको फाइदा उठाए । उनले खेलमा १३।२ ओभरमा ५ मेडन राख्दै २० रन दिएर ५ विकेट लिए । त्यस्तै क्रिस भोक्सले पनि २ विकेट लिए ।
 
भारतका रविचन्द्रन आश्विनले सर्वाधिक २९ रन बनाउँदा कप्तान विराट कोहलीले २३ रन बनाए । भारतका ६ जना ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्, जसमध्ये तीन जनाले खाता नै खोल्न सकेनन् ।
 
इंग्ल्याण्डले आज जवाफी ब्याटिङ गर्नेछ । एजेन्सी

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा