ताजा खबर

धूम-३ मा आउने भो 'मनबिनाको धन'

RadioTaplajung

धूम-३ मा आउने भो 'मनबिनाको धन'
२६ गते ।  पछिल्लो समय भाइरल भएको ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ गीत अब चलचित्रमा पनि सुन्न र हेर्न पाइने भएको छ। नायक जयकिसन बस्नेतले पछिल्लो समय निर्माण गरेर हाल पोस्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको चलचित्र ‘धूम(३ मा यो गीत समावेश गरिने भएको हो।

‘मनबिनाको धन ठूलो’ गीतसँगै यसका संगीतकार तथा गायक टंक बुढाथोकी पछिल्लो समय चर्चा र विवाद दुवैमा छन् भने उनलाई आफ्नो चलचित्र जञ्जिरबाट संगीतकारमा ब्रेक दिएका जयकिसन बस्नेतसँग पनि बुढाथोकीको दूरी बढेको छ। दुई दर्जन चलचित्रमा बुढाथोकीलाई संगीतकार लिएका नायक बस्नेतले पछिल्लो आफ्नो महत्वाकांक्षी चलचित्र ‘धूम(३’मा पनि उनलाई नै लिएका थिए।

नेपाली चलचित्रमा पछिल्लो समय संख्यात्मक हिसाबले संगीतकारका रूपमा गनिएका बुढाथोकी युट्युबमा भाइरल बालगायक अशोक दर्जीसँग जोडिएपछि जयकिसन बस्नेतसँग मात्र नभई अन्य चलचित्रकर्मीसँग पनि टाढिएको प्रसंग चर्चामा छ। जयकिसनले उक्त गीतको अधिकार आफूसँग भएको र छायांकन गरी चलचित्र ‘धूम(३’मा समावेश गर्न लागेको बताए। स्रोतःअन्नपूर्ण पोस्ट

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण