ताजा खबर

प्रिमियर लिगमा युनाइटेडको विजयी सुरुवात,आज ६ खेल हुँदै

RadioTaplajung

प्रिमियर लिगमा युनाइटेडको विजयी सुरुवात,आज ६ खेल हुँदै
 साउन २६ गते ।  इंग्ल्याण्डको शीर्ष डिभिजनको फुटबल इंग्लिस प्रिमियर लिगको नयाँ सिजन सन् २०१८–१९ आजदेखि सुरु भएको छ ।

म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीको खेलसँगै प्रिमियर लिगको ९ महिने सिजन सुरु भयो । घरेलु मैदान ओर्ल्ड ट्राफोटमा विश्व विजेता फ्रान्सेली मिडफिल्डर पाउल पोग्बाको प्रेरणामा युनाइटेडले लेस्टरलाई २–१ गोलले हराउँदै लिगमा सुखद सुरुवात गरेको छ ।

खेल सुरु भएको तेस्रो मिनेटमा नै पाउल पोग्बाले पेनाल्टीमार्फत घरेलु टोलीलाई अग्रता दिलाएका थिए । लेस्टरका ड्यानियल अमाटीले डिबक्सभित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टी अवसरलाई पोग्वाले सदुपयोग गरेका थिए ।

पहिलो हाफमा अग्रता बनाएको युनाइटेडका लागि ८३औं मिनेटमा इंग्लिस डिफेण्डर लुक शले अग्रता दोब्बर बनाए । उनले जुहाँन माटाको पास सदुपयोग गरेका थिए ।

खेलको इन्ज्यूरी समयमा लेस्टरका लागि जेरेमी भार्डीले सान्त्वना गोल फर्काए पनि खेलमा फर्कन ढिला भइसकेको थियो ।

गत सिजन म्यान्चेस्टर युनाइटेडले दोस्रो तथा लेस्टरले नवौं स्थानमा रहेर लिग सकाएका थिए । लिगमा आज ६ खेलहरु हुनेछन् । साँझ सवा पाँच बजे न्युकासल र टोटनह्याम भिड्नेछन् ।

त्यस्तै पौने ८ बजे ४ खेलहरु हुनेछन् । बर्नमाउथ र कार्डिफ सिटी, यसै सिजन बढुवा भएको फुलह्याम र क्रिष्टल प्यालेस, हडर्सफिल्ड टाउन र चेल्सी तथा वाटफोर्ड र ब्राइटन भिड्नेछन् । त्यस्तै राति सवा १० बजे ओल्भरह्याम्टन र एभर्टनबीच प्रतिस्पर्धा हुनेछ । स्रोतःएजेन्सी

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा