ताजा खबर

कंञ्चनपुरमा साढे ५ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा ६६ वर्षीय वृद्ध पक्राउ

RadioTaplajung

कंञ्चनपुरमा साढे ५ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा ६६ वर्षीय वृद्ध पक्राउ
 साउन २५ गते ।  कञ्चनपुरमा बालकलाई अप्राकृतिक मैथुन गर्ने एकजना ६६ वर्षीय वृद्धलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

बेदकोट नगरपालिका–७ गाउजीका साढे पाँच वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा प्रहरीले बिहीबार राति भीमदत्त नगरपालिका ३ तिलकपुरका गोपाल धामीलाई पक्राउ गरेको हो ।

धामीले बालकलाई आफूसँग सताएर अप्राकृतिक मैथुन गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक ज्ञान बहादुर सेटीले बताउनुभयो ।

झारफुकको काम गर्दै आएका धामीले बिहिबार दिउँसो बालकको घरमा गएर झारफुक गरेका थिए ।

उनले राति सुत्ने बेला परिवारसँग बालकलाई आफूसँगै सुताउन आग्रह गर्दै मुखमैथुन गरेका हुन् ।

‘धामी बिहीबार बालकको घरमा झारफुक गर्न गरएका रहेछन् । उनले राती सुत्ने बेला बालकलाई आफुसँग सुताउन आग्रह गरेपछि परिवारले पनि उनैसँग सुताएछन्’, प्रहरी नायब उपरीक्षक सेटीले भन्नुभयो ‘उनले परिवारका सदस्य सुतेको मौका पारी बालकलाई मुखमैथुन गरेपछि बालकले उल्टी गर्दा परिवारले थाहा पाएछन् ।’

परिवारले बालकलाई मुखमैथुन गरेको थाहा पाएपछि राति नै प्रहरीलाई खबर गरेका थिए । धामीलाई सिसैयामा रहेको प्रहरीले बिहीबार राति नै पक्राउ गरेको थियो ।

उनीमाथि अप्राकृतिक मैथुन ऐन अन्र्तगत मुद्दा दायर भएको प्र्रहरी नायब निरीक्षक सेटीले बताउनुभयो ।

कञ्चनपुरमा साउन १ गतेदेखि २५ गतेसम्म ७ जनामाथि बलात्कार भएको छ ।

यसअघि ५ जना बालिकाको बलात्कारमा संलग्न व्यक्तिलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाइए पनि भीमदत्त नगरपालिका २ की १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न दोषीको भने हालसम्म पत्ता लाग्न सकेको छैन ।

उनको साउन १० गते बलात्कार गरी हत्या गरिएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो । स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले