ताजा खबर

शाहरुखकी छोरी करणले पाउलान् कि भन्सालीले ?

RadioTaplajung

शाहरुखकी छोरी करणले पाउलान् कि भन्सालीले ?
साउन २५ गते । बलिउड सुपरस्टार शाहरुख खानकी छोरी सुहाना हालै चर्चित म्यागजिन ‘भोग इन्डिया’को कभर गर्ल बनिन् । यसलगत्तै उनले फिल्ममा डेब्यू कहिले गर्छिन् भन्ने चर्चा परिचर्चा सुरु भएको छ ।

सुहानालाई आफ्नो फिल्मबाट कास्ट गराउन धेरै निर्माता(निर्देशक आतुर रहेको बताइन्छ । तर, सबैभन्दा बढि सम्भावना करण जौहरको मानिएको छ । उनी शाहरुखसँग अत्यधिक नजिक छन् ।

तर, शाहरुखले भने अरु विकल्प पनि हेरिरहेका छन् । उनको प्राथमिकता सुचीमा सञ्जय लिला भन्साली र सुभाष घई रहेको बताइन्छ । तर, यसो गर्दा करणले चित्त दुखाउने डर पनि उनलाई छ ।

यता, भोगको कभरमा छापिएपछि सुहानाले तीव्र विवादको सामना गर्नुपरेको छ । उक्त कभरमा अत्यधिक नकारात्मक प्रतिक्रिया आएपछि कमेन्ट सेक्सन नै बन्द गरिएको छ । अब केवल फोटो हेर्न मिल्छ, कमेन्ट गर्न मिल्दैन ।

सिनेमा वा मोडलिङमा कुनै योगदान नभएकी किशोरीलाई प्रतिष्ठित म्यागजिनको कभरमा स्थान दिइएको भन्दै आलोचना भएको हो । यसले फेरि एकपटक बलिउडमा परिवारवादको बहसलाई चर्काएको छ । स्रोतःअनलाइनखबर डट कम

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण