ताजा खबर

मलेसिया प्रिमियर लिगमा सागर पुन चम्किए, सर्वाधिक रन बनाउनेको शीर्षस्थानमा

SITENAME

मलेसिया प्रिमियर लिगमा सागर पुन चम्किए, सर्वाधिक रन बनाउनेको शीर्षस्थानमा
 साउन २५ गते । सागर पुनको टोली क्वालालम्पुर मलेसिया प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा क्वालालम्पुरले सिलाङगोरलाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको क्वालालम्पुरले ओपनर सागर पुनको शतकीय योगदानको सहयोगाम ४ विकेट गुमाएर ३०५ रनको विशाल योगफल बनाएको थियो । ४२।५ ओभरमा दोस्रो विकेटका रुपमा आउट हुनुअघि सागरले ११८ बल खेलेर १०० रन बनाएका थिए ।

उनले पहिलो विकेटका लागि सइफुल्लाह मलिकसँग मिलेर १२४ रनको शतकीय साझेदारी गरे ।

मलिक ६६ रनमा आउट भएपछि आएका कप्तान अहमद फइजसँग मिलेर उनले दोस्रो विकेटका लागि १२० रनको साझेदारी गरेका थिए ।

कप्तान फइजले ९० रन बनाए । क्वालालम्पुरबाटै खेलिरहेका अर्का नेपाली खेलाडी आसिफ शेख २० रनमा अविजित रहे ।

प्रतियोगितामा सागर पुनको यो दोस्रो शतक हो । उनले प्रतियोगितामा ९ खेलमा ५५ को औषतमा ४४२ रन बढुलेका छन् ।

उनी सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा शीर्ष स्थानमा छन् । प्रतियोगितामा उनले २ शतक र १ अर्धशतक प्रहार गरेका थिए ।

बलिङतर्फ पनि उनले ८ इनिङमा ९ विकेट लिएका छन् ।

३०६ रनको लक्ष्य पछ्याएको सेलाङगोरले ५० ओभर खेलेर ७ विकेटको क्षतिमा १८३ रनमात्र जोड्न सकेपछि क्वालालम्पुरको सहज जित सम्भव भएको हो ।

सेलाङगोरका लागि कप्तान शंकर सतिशले ३५ तथा दभेन्द्रन मोगानले अविजित ५७ रन बनाउनुबाहेक अन्यले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ क्वालालम्पुरका शेयद अजिजले ३ विकेट लिँदा नेभिल लियानागेले २ विकेट लिए । सागर पुनले किफायती बलिङ गरे पनि विकेट लिन सकेनन् । उनले ४ ओभर बलिङ गरी १ मेडन राख्दै १० रन खर्चिएका थिए ।

उपाधिका लागि क्वालालम्पुरले शनिबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग आइतबार खेल्नेछ । दोस्रो सेमिफाइनलमा मलेसियाली आर्मी र केवाङसान युनिभर्सिटी आमने सामने हुँदैछन् । स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
SITENAME

रोहित चन्द इन्डोनेसियामा वर्षको उत्कृष्ट खेलाडी घोषित

रोहित चन्द इन्डोनेसियामा वर्षको उत्कृष्ट खेलाडी घोषित मंसिर २४ गते । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य सदस्य रोहित चन्द इन्डोनेसियाको लिग वानमा

SITENAME

बोका जुनियर्सलाई हराउँदै रिभर प्लेटले उचाल्यो कोपा लिबर्टाडोरेसको उपाधि

मंसिर २४ गते । दक्षिण अमेरीकी फुटबल प्रतियोगिता कोपा लिबर्टाडोरेसको उपाधि रिभर प्लेटले जितेको छ । समर्थकको आक्रमणका कारण घरेलु मैदानमा स्थगित भएर

SITENAME

म्यानचेस्टर सिटीको अपराजित यात्रामा लाग्यो ब्रेक, चेल्सीसँग हार्‍यो

म्यानचेस्टर सिटीको अपराजित यात्रामा लाग्यो ब्रेक, चेल्सीसँग हार्‍यो  मंसिर २३ गते । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी पराजित भएको छ ।