ताजा खबर

आज गठेंमंगल, आजदेखि ताप्लेजुङमा लाखे नाचको सुरुवात हुदै

RadioTaplajung

 

२५ साउन – रेडियो ताप्लेजुङ ः नेवार समुदायले मनाउने गथामुग घण्टाकर्ण ताप्लेजुङमा आज गरिदैछ । आज दिउसो भिन्तुनाडाडामा रहेको भीमसेन मन्दीरमा बिशेष कार्यक्रमकासाथ लाखे नाचको शुभारम्भ समेत गर्ने नेपाल भाषा तथा सास्कृतिक समाजले जनाएको छ ।

आजकैदिन घरप्रतवाट मुत्त गराउन नेवार समुदायले घरघरवाट बौं वाय् ज्या भुत पन्छाउनेपनि गरिन्छ । काचो माटोको सानो दहिको कटारोमा कर्कलो, धुस्वा, बौं स्वा आरुको बोटको हागा सहितको छाली बालेर दो वा चौबाटोमा लगेर राख्ने प्रचलन छ । आजकै दिन घरको मुल ढोका र मुख्य निदालमा पंचरंगी मयुरको प्वाख र तीनखुटे फलामको किला ठोक्ने प्रचलनपनि रहेको छ । यस्ले घरमा भुतप्रेत बड्दैन भन्ने बिश्वास रहेको छ । आज तामा वा फलामको औठी लगाउने प्रचलनपनि रहेको छ ।

यसलाई नेवार समुदायको बर्षको पहिलो चाडको रुपमापनि लिइन्छ भने सदरमुकाममा मेला पर्वको सूरुवातको रुपमापनि लिइन्छ । बर्खामा कामगरेर थाकेकाहरुले लाखे जात्रामा सदरमुकाम जाने रमिता हेर्न र नया बिषयको सिकाइको रुपमा लिने गरेका छन । यस्ले सदरमुकाम र गाउविचको सम्वन्धलाई जोड्ने गरिएको छ ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक