ताजा खबर

ताप्लेजुङ डान्स सिजन २ भोलि बाट

RadioTaplajung

आनन्द गौतम
२४ साउन–रेडियो ताप्लेजुङ – सञ्चारकर्मी मदन पौडेल बेपक्ता भएपछि ओझेलमा परेको ताप्लेजुङ डान्स स्टार सुरु हुनेभएको छ । त्यसैलाई प्रथम मानी सिजन २ सुरु हुनलागेको हो । प्रथमहुनेकालागी २ लाख रुपैंयाको स्कुटी द्धितियकालागी ल्यापटप र तृतीयकालागी  मोवाइल सेट लगायतको पुरस्कार राशी रहेको प्रतियोगीताको पहिलो अडिसन भोली सुरु हुँदैछ । आयोजकले यो प्रदेश नम्वर १ को अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि भएको दावी गरेका छन ।

दोखु युवाक्लवको आयोजनामा हुने प्रतियोगीता खुला भएकाले जुनसुकै जिल्लावाट सहभागी हुनसक्ने आयोजकले वताएका छन । आयोजक समितिका अशोक आङवोहाङका अनुसार पहिलो अडिसन ताप्लेजुङ, पाँचथर र तेह्थुम तीन जिल्लामा हुनेछ । ताप्लेजुङका फक्तालुङ गाउपालिकाको सिंवा वजार, मिक्वाखोलाको साँवा, मेरिङदेनको जालपा, मैवाखोलाको साँघु, आठराई त्रीवेणीको हाङपाङ र सिरिजंगाको खाम्दिङगे वजारमा हुनेछ ।

यस्तै पाथीभरा याङवरकको पुर्नेडाँडा, पाँचथरको फिदिम, तेह्थुमको सक्रान्ति वजार र छुटेकाहरुकालागी सदरमुकाम फुङलिङमा अन्तिम प्रतिष्पर्धा गराईने छ । तेश्रो चरणपछि फाइनल ग्राण्ड फिनालियोमा पुग्ने प्रतीयोगीताको पहिलो चरण भदौ १२ गते सकिने छ । त्यहावाट छनौट भएकाहरुको प्रतिस्पर्धा स्थान पुनः तोकिने आयोजकले वताएका छन । गाउमाहुने प्रतिष्पर्धाको छनौटकालागी निर्णायक मण्डल सदरमुकामवाटै लगीने छ । पहिलो चरणको छनौटको निर्णय ताप्लेजुङका कोपीला नेपाली र निरोज ठाकुरले गर्नेछन । टप १२ देखिभने एसएमएस भोटिङ वाट निर्णय गराइने आयोजकले वताएका छन ।

यस्को ग्राण्ड फिनालियो भने दिपावलीको अवसर पारेर गरिने भएको छ । यस्को पहिलो सिजन २०६९ सालमा भएको थीयो । पहिलो स्टार याङगी शेर्पा भएकी थिइन । त्यसैको छनौटकालागी गएका सञ्चारकर्मी मदन पौडेल वेपक्ता भएका थीए ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण