ताजा खबर

ताप्लेजुङमा एक जोडी भेडीपाठाको मुल्य १९ हजार

RadioTaplajung

ताप्लेजुङमा एक जोडी भेडीपाठाको मुल्य १९ हजार
देवराज गुरुङ,रेडियो ताप्लेजुङ । चैत २८ गते । फुङलिङ नगरपालिका–४,उकालीपानीका कृष्ण कुमार गुरुङको घरमा वर्षमा दुई जोडी भेडा पाल्ने गरेको बाजे बज्यैको पालोदेखिको हो । गुरुङको टाट्नोमा वर्षेनी भेडा पालिएकै हुन्छ । किनकी गुरुङ समुदायको घरमा भेडा र लिम्बु समुदायको घरमा सुँगुर नभए समाजमा कुरा काट्ने चलन यथावत छ ।
तर भेडापाठा महिगिएकाले वर्षौदेखि भेडापालन गर्ने घरका (मुख्यत गुरुङ समुदाय) टाट्नो रित्तो हुन थालेको छ । “एक जोडी भेडापाठा १९ हजारमा पाइयो ।”,गुरुङले भने,“त्यै पनि चाँडो गएर मात्र । नत्र खाली हात हुन्थ्यो ।” बाजे बज्यैकै पालादेखि भेडा पाल्ने गरिएकाले महँगो नभनिकन भेडापाठा खरिद गर्नुपरेको गुरुङले बताए । फुङलिङ नगरपालिका–६ का सीता गुरुङले एक जोडी भेडापाठा खरिद गर्न अझै पाएका छैनन्  । उनले भनिन,“पाठा आयो भन्ने वित्तिकै किन्न तीन पटक पुगियो । तर पुग्न नपाउँदै सकियो ।” फुङलिङ नगरपालिका–४ का पहलमान गुरुङका अनुसार जोडी भेडापाठाको मूल्य वर्षेनी तीन हजारले वृद्धि भएको छ । बाल्यकाल भेडागोठमा विताएका ८८ वर्षीय गुरुङले भने,“भेडागोठमा झरि बादल र चिसो नभनी लेकबेसी गर्नुपर्छ । जुन अहिलेका पुस्ताले गर्न चाहदैनन् ।”
एकातिर भेडीगोठ मासिदै गएका छ भने छिटफुट विक्रीका लागि ल्याउने गरेको भेडापाठाको मूल्य ह्वात्तै महँगिएको छ । भेडाको ऊनबाट निर्मित्त राडीपाखी समेत लोप हुन थालेको छ । जिल्लाको उत्तरी क्षेत्र लेलेप र पूर्वी क्षेत्र याम्फुदिनमा दुई चार वर्षअघि मात्र दर्जनौ भेडीगोठ थियो । “भेडीगोठको हब” भनेर चिनिएको उक्त क्षेत्रमा अहिले दुई तीन वटा मात्र गोठ रहेका छन् । श्रीजङघा गाउँपालिकास्थित याम्फुदिनका नर बहादुर गुरुङको मात्र भेडीगोठ रहेको छ । ५५ वर्षीय गुरुङले भने,“बेचौ भनेको किन्ने नै आएको छ्रैन् । पहिले अरुको पनि गोठ हुँदा सहयोग आदनप्रदान हुन्थ्यो । अब छैन् ।”  
जिल्ला पशु सेवा कार्यालयका प्रमूख डा.बोधनाथ अधिकारीका अनुसार भेडापालक कृषकका लागि प्राविधिक तथा आर्थिक सहयोग गरिएको भएपनि गोठ व्यवसाय संकटमा पर्न थालेको छ । डा. अधिकारीले भने,“धेरथोर जे भएपनि प्राविधिक र आर्थिक सहयोग विगतको तुलनामा बढि नै छ । तथापी भेडीगोठमा यूवापुस्ताको आकर्षण देखिएको छैन् ।” केही कृषकलाई गएको वर्ष विऊ भेडा खरिद,त्रिपाल,औषधि,सोलार र प्राविधिक ज्ञान दिएको कार्यालयले जनाएको छ । यद्यपी सामुदायिक बनको डर र सरकारी असहयोगका कारण भेडा पालन व्यवसाय संकटमा पर्न थालेको छ ।
 

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक