ताजा खबर

तेह्रथुममा मल अभाव, आपूर्ति समिति नै निष्क्रिय

RadioTaplajung

तेह्रथुममा मल अभाव, आपूर्ति समिति नै निष्क्रिय
 साउन २४ गते,प्रकाश धौलाकोटी । तेह्रथुमका किसानले आवश्यक मल नपाएको गुनासो गरेका छन् । सरकारी बेवास्ताका कारण जिल्लामा मल ढुवानी नहुँदा अभाव भएको हो । बाली लगाउने र गोडमेल गर्ने बेला मल अभाव हुँदा समस्या भएको किसानले गुनासो गरेका छन् ।

जिल्ला मल आपूर्ति तथा अनुगमन समितिको सिफारिसमा बर्सेनि मल ढुवानी तथा बिक्री वितरण हुँदै आएको थियो । तर यो वर्ष प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मल आपूर्ति तथा अनुगमन समिति निष्क्रिय रहेको छ । जिल्ला कृषि विकास कार्यालयमा रहने यो समिति काम विहीन छ ।

सरकारी सिफारिस नहुँदा यसअघि मल ढुवानी गरेर बिक्री गर्दै आएका सहकारी संस्थाहरुले मल ढुवानी गर्न नपाएको बताएका छन् । सरकारले किसानलाई आवश्यक पर्ने रासायनिक मलहरु कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कम्पनीहरुमार्फत अनुदानमा वितरण गर्दै आएको छ ।

म्याङलुङमा मितेरी बहुउदेश्यीय सहकारी संस्था र फेदाप कृषि सहकारी संस्थाले मात्रै मल विक्री वितरण गर्ने गरेका छन् । जिल्लामा सबैभन्दा बढी माग युरिया, डीएपी र पोटास मलको रहेको छ । कार्यालयको सेवा सुविधा नै ठप्प भएपछि समिति पनि निष्क्रिय भएको र सिफारिस हुन नपाएको तत्कालीन जिल्ला कृषि विकास कार्यालयका कर्मचारीहरु बताउँछन् । मल व्यवस्थापनका विषयमा पटक–पटक गुनासो आइरहेको सहायक प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेले बताउनुभयो ।

उहाँले जिल्लाका लागि आवश्यक मलका लागि साउनभित्रै सिफारिस नदिए एक वर्षसम्म मल अभाव हुने सम्भावना रहेको बताउनुभयो । भखैरै मात्र जिल्लामा आउनुभएकी प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईले आफूले त्यस विषयमा थप जानकारी लिएर प्रक्रिया अघि बढाउने बताउनुभयो । स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक