तमिलनाडुमा एम करुणानिधिको राजकीय सम्मानका साथ अन्त्येष्टि

तमिलनाडुमा एम करुणानिधिको राजकीय सम्मानका साथ अन्त्येष्टि
साउन २४ गते । भारतको तमिलनाडु राज्यका पूर्व मुख्यमन्त्री तथा डीएमके पार्टीका अध्यक्ष एम करुणानिधिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
चेन्नईको मरिना तटमा उनको अन्त्येष्टि गरिएको हो । मंगलबार साँझ चेन्नई अस्पतालमा करुणानिधिको निधन भएको थियो ।
करुणानिधिको पार्थिव शरीर उनका मार्गदर्शक तथा डीएमकेका संस्थापक सीएन अन्नादुरैको समाधि नजिकै राजकीय सम्मानका साथ समाधिस्थ गरिएको हो ।
अन्त्येष्टि कार्यक्रममा हजारौं सहभागी थिए । करुणानिधिको पार्थिव शरीरलाई भारतको राष्ट्रिय झण्डाले बेरिएको थियो ।
उनलाई कालो चश्मा, पहेंलो सल तथा सेतो कमीज र धोती लगाइदिइएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेसका अध्यक्ष राहुल गान्धीलगायतका राजनीतिज्ञहरुले चेन्नई पुगेर दिवंगत नेता करुणानिधिलाई अन्तिम श्रदाञ्जली अर्पण गरेका थिए । (एजेन्सी)

कश्मीरमा आक्रमण गर्ने र तिनका मालिकले ठूलो मूल्य चुकाउनुपर्छ : भारतीय प्रधानमन्त्री मोदी
फागुन ४ गते । भारत प्रशासित कश्मीरमा बिहीबार भएको आक्रमणमा संलग्न आतङ्ककारीलाई इस्लामावादले आश्रय दिएको दाबीपछि शुक्रबार भारत र पाकिस्तानबीचको

लिबियाली जनतालाई पुनः मिलन गराउन आब्हान
माघ २८ गते । संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटर्रेसले लिबियाली जनतालाई पुनः मिलन गराउन संगठित पहलका लागि राजनीतिक प्रक्रिया अघि बढाउन

क्यालिफोर्नियामा घरमा ठोक्किएर विमान दुर्घटना, पाँचजनाको मृत्यु भएको पुष्टि
माघ २२ गते । अवतरणका क्रममा एउटा सानो विमान आइतबार क्यालिफोर्नियमा दुर्घटनाग्रस्त भएको छ । विमानस्थलको धावनमार्गबाट बाहिरिन पुग्दा एउटा घरमा
प्रतिकृया दिनुहोस