ताजा खबर

प्रकाण्डलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति, प्रकाण्ड भन्छन्ः रातभरी सुत्नै दिएनन्

RadioTaplajung

प्रकाण्डलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति, प्रकाण्ड भन्छन्ः रातभरी सुत्नै दिएनन्
 साउन २३ गते । जिल्ला अदालत काठमाडौंले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

बुधबार अपरान्ह जिल्ला अदालत काठमाडौंमा लगिएका प्रकाण्डलाई थुनामै राखेर थप अनुसन्धानको काम अघि बढाउन प्रहरीलाई  अनुमति दिइएको हो ।

मंगलबार साँझ काठमाडौंका टौदहबाट पक्राउ परेका प्रकाण्डसहित उनका ३ जना सहयोगीमाथि जब्बरजस्ती चन्दा असुली गरिएको अभियागमा मुद्दा दर्ता गरिएको छ ।

यसैबीच, पक्राउ परेका प्रवक्ता प्रकाण्डले सरकारले राजनीतिक गरेकै कारण आफूलाई पक्राउ गरी नजरबन्दमा राख्ने र रातभर सुत्न नदिई चरम मानसिक यातना दिने काम गरेको प्रतिक्रिया दिनुभयो ।

उहाँले आफू आवश्यक पर्दा देश र जनताका लागि जीवन बलिदान गर्न पनि तयार रहेको चेतावनी दिनुभयो ।

सरकारले देश र जनताको निम्ति राजनीनि गरिरहेको आफूलाई पक्राउ गरेर प्रतिक्रान्तिको नमूना प्रर्दशन गरेको प्रवक्ता प्रकाण्डको भनाई छ ।

पार्टीको कामको शिलशिलामा मंगलबार हेटौडाबाट काठमाडौं फर्कने क्रममा प्रवक्ता प्रकाण्डसहित तीन जनालाई प्रहरीले काठमाडौंको टौदहबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका तीनै जनामाथि प्रहरीले जबरजस्ती चन्दा असुली गरेको अभियोगमा मुद्दा चलाएको छ । स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा

RadioTaplajung

माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट

  फागुन ४ गते । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले

RadioTaplajung

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय   फागुन ४ गते ।बालुुवाटारको बहुुचर्चित ललिता निवास प्रकरणमा नेताहरुले सफाइ पाएका छन्