बालिका गृह बलात्कार मामिलामा श्रीमानको नाम जोडिएपछि मन्त्रीले दिइन् राजीनामा

बालिका गृह बलात्कार मामिलामा श्रीमानको नाम जोडिएपछि मन्त्रीले दिइन् राजीनामा
साउन २३ गते । बिहारको मुजफ्फरपुरमा बालिका गृहमा भएको बालिकाहरुसँगको बलात्कार विषयमा नीतीश कुमार सरकारकी समाज कल्याण मन्त्री मञ्जु बर्माले राजीनामा दिएकी छिन् ।
मञ्जु बर्माको समाज कल्याण विभाग यस विषयमा संदिग्ध पाइएको थियो । टाटा इन्स्टिच्यूट अफ् सोसल साइन्सेजको रिपोर्ट आएपछि समाज कल्याण विभाग शंकाको घेरामा थियो ।
सत्तारुढ दल जनता दल युनाइटेडका प्रवक्ता अजय आलोकले मन्त्री बर्माको राजीनामाको पुष्टि गर्दै भने, ‘सीबीआईसँगको सोधपुछपछि मुख्य अभियुक्त ब्रजेश ठाकुरले मञ्जु बर्मासँग १७ पटक कुरा भएको बताए । यो तथ्य बाहिर आएपछि पार्टी बर्माको पक्षमा बस्न मिल्दैन । मुख्यमन्त्रीले घटनामा जोसुकै संलग्न भए पनि नछाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।’
बालिका गृह प्रकरणमा मञ्जु बर्माका श्रीमान चन्देश्वर बर्मामाथि कैयौँ आरोप लगाइएको छ । विपक्षी दलहरुले मन्त्री बर्माको राजीनामा माग्दै आएका थिए । एजेन्सी

कश्मीरमा आक्रमण गर्ने र तिनका मालिकले ठूलो मूल्य चुकाउनुपर्छ : भारतीय प्रधानमन्त्री मोदी
फागुन ४ गते । भारत प्रशासित कश्मीरमा बिहीबार भएको आक्रमणमा संलग्न आतङ्ककारीलाई इस्लामावादले आश्रय दिएको दाबीपछि शुक्रबार भारत र पाकिस्तानबीचको

लिबियाली जनतालाई पुनः मिलन गराउन आब्हान
माघ २८ गते । संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटर्रेसले लिबियाली जनतालाई पुनः मिलन गराउन संगठित पहलका लागि राजनीतिक प्रक्रिया अघि बढाउन

क्यालिफोर्नियामा घरमा ठोक्किएर विमान दुर्घटना, पाँचजनाको मृत्यु भएको पुष्टि
माघ २२ गते । अवतरणका क्रममा एउटा सानो विमान आइतबार क्यालिफोर्नियमा दुर्घटनाग्रस्त भएको छ । विमानस्थलको धावनमार्गबाट बाहिरिन पुग्दा एउटा घरमा
प्रतिकृया दिनुहोस