ताजा खबर

नेकपाको सचिवालय बैठक बस्दै

नेकपाको सचिवालय बैठक बस्दै
 साउन २३ गते । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ९ बजेपछि बस्ने बैठकमा पार्टीको तल्लो तह एकीकरणको विषयमा छलफल हुने नेकपाले जनाएको छ ।

केन्द्रीय तहमा पार्टी एकता भए पनि तल्लो तहमा अझै पनि एकता हुन सकेको छैन । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच गएको जेठमा एकता भएपछि नेकपा बनेको हो । तर अहिलेसम्म पनि पार्टीको जनवर्गिय संगठन, जिल्लाका पार्टी एकता हुन सकेको छैन ।

यस्तै नेकपाले आन्तरिक पार्टी सर्कुलरमा धुम्बाराही कार्यालयलाई केन्द्रीय सचिवालय र पेरिसडाँडालाई केन्द्रीय विभागको कार्यालय बनाउने भने पनि दुवैतर्फ कार्यालय सञ्चालन गर्दा पार्टी काम प्रभावकारी हुन नसकेको गुनासो आउन थालेको छ ।
 

प्रतिकृया दिनुहोस
RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा

RadioTaplajung

माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट

  फागुन ४ गते । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले

RadioTaplajung

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय   फागुन ४ गते ।बालुुवाटारको बहुुचर्चित ललिता निवास प्रकरणमा नेताहरुले सफाइ पाएका छन्