ताजा खबर

प्रियंकाले ‘भारत’ छाडेपछि के भने सलमानले ?

RadioTaplajung

प्रियंकाले ‘भारत’ छाडेपछि के भने सलमानले ?
 साउन २३ गते । प्रियंका चोपडाले सलमान खानको फिल्म ‘भारत’ छाडेपछि अनेक अड्कलबाजी लगाइएको छ । कतिले प्रियंकाले आफ्ना प्रेमी निक जोनससँगको इन्गेजमेन्टका लागि फिल्म छाडेको बताइरहेका छन् । फिल्मका निर्देशक अली अब्बास जफरले ट्वीट गर्दै प्रेमीसँगको इन्गेजमेन्टका लागि नै उनले ‘भारत’ छोडेको बताएका छन् ।

प्रियंकाले फिल्म नखेलेपछि सलमानले फिल्ममा कटरीना कैफलाई अनुबन्ध गरेका छन् । सोमबार सलमानले आफ्ना ज्वाईँ आयुष शर्माको डेब्यू फिल्म ‘लवरात्रि’ को ट्रेलर लन्चमा एउटा ठूलो मिडिया जमघटको आयोजना गरेका थिए ।

ट्रेलर  लन्च हुनुभन्दा पहिले सलमानले प्रियंकाले आफ्नो फिल्म छाडेको बारेमा पहिलो पटक बोले । उनले भने, ‘म त्यसका लागि निकै खुशी छु । तर हामीले यो थाहा पायौँ कि उनले उतै ठूलो फिल्ममा साइन गरेकी छिन् रे । अलि पहिले नै थाहा भएको भए राम्रो हुन्थ्यो । हामीले त शुटिङको १० दिन अगाडि मात्रै थाहा पायौँ । मेरो शुटिङ सुरु भैसकेको थियो । तर उनको शेड्युलभन्दा १० दिन पहिले चलचित्र छाड्न चाहेको बताइन् । मैले यदि त्यस्तै हो भने ठिकै छ नि त भने । त्यतिबेला उनले अर्कै कारण बताएकी थिइन् ।’

सलमान खान भन्छन्, ‘जेसुकै कारण होस् विवाह वा फिल्म । यो उनको फैसला हो । म उनीसँगै छु र उनले राम्रो गरेको हेर्न चाहन्छु । यदि उनले यहाँ काम गर्दिनन् भने पनि त भारतकै शीर उचो बनाउने काम त गरिरहेकी छिन् नि । सलमान खानसँग काम नगरेर के भयो त उनले कुनै ठूलो अभिनेतासँग काम गरिरहेकी छिन् ।’

‘लवरात्रि’को ट्रेलर लन्चको कार्यक्रममा पत्रकारले प्रियंकाका बारेमा सलमान खानसँग प्रश्न गरेका थिए । सलमानले आजभोलि आफू निकै नै व्यस्त भएको र अखबारहरु नपढेको बताए । उनले पत्रकार सम्मेलन ‘भारत’ र प्रिंयकाका बारेमा नभएको बताउँदै ‘लवरात्रि’ का बारेमा मात्रै सोध्न पत्रकारहरुलाई आग्रह गरे । एजेन्सी

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण