ताजा खबर

बस र ट्रक ठोक्किँदा ताप्लेजुङकी तारा बरालसहित चार जनाको मृत्यु, १७ घाइते

RadioTaplajung

बस र ट्रक ठोक्किँदा ताप्लेजुङकी तारा बरालसहित चार जनाको मृत्यु, १७ घाइते
साउन २३ गते । चितवनको रत्ननगर नगरपालिका–१० भानुचोकमा मंगलबार राति बस र ट्रक एकापसमा ठक्कर खाँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा १७ जना घाइते भएका छन्। पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक र काठमाडौंबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ६ ख १७४१ नम्बरको बस एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। राति करिब ११ बजे भएको उक्त दुर्घटनामा परी ट्रकका चालक रौटहट चन्द्रपुर नगरपालिका–२ का ३४ वर्षीय मोहन घिसिङ, सहचालक सोही ठाउँमा ३० वर्षीय बुद्धिमान लामा र ताप्लेजुङ फुङलिङ नगरपालिका ३ लामाघरकी ४२ वर्षीया तारा बराल र काठमाडौं थानकोट–३ का ४८ वर्षीय विष्णुप्रसाद थापाको मृत्यु भएको प्रहरीले जनाएको छ। बराल काठमाडौमा उपचार गराएर फर्कदै गरेकी हुन् । गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा चितवन मेडिकल कलेजमा तीन जना र कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा एक जनाको राति नै मृत्यु भएको हो। घाइते १७ जनामध्ये १३ जनाको कलेज अफ मेडिकल साइन्सेजमा र चार जनाको चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक