ताजा खबर

रियलमा जाने सोच बनाएका गोलरक्षक कोट्वालाई चेल्सीले गर्ने भयो यस्तो कारबाही

RadioTaplajung

रियलमा जाने सोच बनाएका गोलरक्षक कोट्वालाई चेल्सीले गर्ने भयो यस्तो कारबाही
 साउन २३ गते । चेल्सीले गोलकिपर थिबट कोट्वालाई कारबाही गर्ने भएको छ । प्रशिक्षणका लागि उपस्थित नहुँदा खेलाडीले अनुशासनको कारबाही भोग्नु पर्नेछ ।

रियल मड्रिडमा जाने चर्चा चलिरहेका बेला प्रशिक्षणका लागि मैदानमा उपस्थित नभएका बेल्जियन गोलकिपरलाई चेल्सीले कारबाहीस्वरुप दुई लाख पाउण्डको जरिवाना गराउन सक्नेछ ।

बेल्जियम टिमका इडेन हाजार्ड र मिची बात्सुवाईसँगै कोट्वा पनि प्रशिक्षणमा सोमबारसम्म फर्किनु पर्ने थियो । तर दुई खेलाडी मैदानमा फर्किँदा कोट्वा भने अहिले पनि आफ्नो परिवारका साथमा मड्रिडमा नै छ । यस सम्बन्धमा प्रशिक्षक माउरिजियो सार्रीले गोलकिपरसँग कुरा गर्ने बुझिएको छ ।

सार्रीले एक सिजन चेल्सीमा रहनका लागि मनाउन प्रयास गर्नेछन् । २६ वर्षे कोट्वालाई चेल्सीले पनि बेच्ने सोच बनाएको छ । तर त्यसका लागि क्लब उनको स्थानमा उपयुक्त विकल्पको खोजीमा छ । एजेन्सी

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा