ताजा खबर

१ सय ५५ मध्ये २७ देशसँग नेपालको व्यापार नाफामाः कुन देशसँग कति नाफा ?

RadioTaplajung

१ सय ५५ मध्ये २७  देशसँग नेपालको व्यापार नाफामाः कुन देशसँग कति नाफा ?
 साउन २३ गते । गएको आर्थिक वर्षमा १२ खर्ब ४३ अर्ब २९ करोड रुपैयाँको सामग्री आयात गरेको नेपालले जम्मा ८१ अर्ब १९ करोड १६ लाख रुपैयाँको मात्रै सामग्री निर्यात गरेको छ ।

नेपालको व्यापार घाटा गएको वर्ष ११ खर्ब ६२ अर्ब १० करोड रुपैयाँँ रहेको छ । यो आर्थिक वर्ष २०७३(०७४ को भन्दा २६ दशमलब ३१ प्रतिशतले बढी हो । तर यो अवधिमा निर्यात भने जम्मा ११ दशमलब १७ प्रतिशतले बढेको छ ।

नेपालको सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । गएको आर्थिक वर्षमा भारतबाट ८ अर्ब १० अर्ब ९० करोड रुपैयाँको सामान आयात भएको छ । तर भारतमा ४६ अर्ब ६० करोड रुपैयाँ बराबरका नेपाली सामान मात्रै निर्यात भएका छन् । भारतसँग व्यापार घाटा ७ खर्ब ६४ अर्ब ३० करोड रुपैयाँ रहेको छ । यस्तै चीनबाट १ खबै ५९ करोड ९८ लाख रुपैयाँको सामान आयात भएकोमा जम्मा २ अर्ब ४३ करोड ७७ लाख रुपैयाँको सामान निर्यात भएको छ ।

गएको आर्थिक वर्षमा नेपालले विश्वभरका १ सय ५५ देशसँग व्यापार गरेको छ । १ सय ५५ देशमध्ये जम्मा २७ देशसँग नेपालको व्यापार नाफामा रहेको छ  । तर ती २७ देशमा निकै थोरै मात्रामा मात्रै सामग्री निर्यात भएको छ । नेपालले व्यापारमा नाफा गरेका देश निम्न छन् ।

टर्की स् गएको आर्थिक वर्षमा टर्कीमा २ अर्ब ७० करोड रुपैयाँको सामान आयात भएको थियो भने ४ अर्ब ६७ करोड ७६ लाख रुपैयाँको सामान निर्यात भएको छ । टर्कीसँग नेपालको व्यापार नाफा १ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।

बेलायत स् बेलायतबाट नेपालले २ अर्ब ६३ करोड ५५ लाख रुपैयाँँको सामान आयात गरेकोमा २ अर्ब ८४ करोड ७१ लाख रुपैयाँँको सामान निर्यात गरेको छ । बेलायतसँग नेपालको व्यापार नाफा २१ करोड ११ लाख रुपैयाँ रहेको छ ।

कुवेत स् गएको वर्ष कुवेतबाट २९ करोड ११ लाखको सामान आयात भएकोमा ४९ करोड २९ लाख रुपैयाँँको सामान निर्यात भएको छ । व्यापार नाफा २० करोड १८ लाख रहेको छ ।

स्लोभेनिया स् गएको वर्ष स्लोभेनियाबाट १३ करोड २४ लाखको सामान आयात भएकोमा २३ करोड ४० लाख रुपैयाँको निर्यात भएको छ ।  व्यापार नाफा १० करोड १६ लाख रुपैयाँ रहेको छ ।

लेबनान स् लेबनानबाट ५९ लाख २८ हजार रुपैयाँको सामान आयात भएकोमा ९९ लाख ३५ हजार रुपैयाँको सामान निर्यात भएको छ । लेबनानसँग ४० लाख रुपैयाँको व्यापार नाफा रहेको छ ।

निकारागुवा स् निकारागुवाबाट गएको वर्ष ५८ लाख ६२ हजार रुपैयाँको सामान आयात भएकोमा ७० लाख ११ हजार रुपैयाँको सामान निर्यात भएको छ । निकारागुवासँग नेपालको व्यापार नाफा ११ लाख ८९ हजार रुपैयाँ रहेको छ ।

क्रोएसिया स् क्रोएसियाबाट ४९ लाख १६ हजार रुपैयाँको सामान आयात भएकोमा ९५ लाख १८ हजार रुपैयाँको निर्यात भएको छ । ब्यापार नाफा ४६  लाख १ हजार रुपैयाँ रहेको छ ।

अफगानिस्तान स् अफगानिस्तानबाट गएको वर्ष  १९ लाख ५० हजार रुपैयाँको सामान आयात भएकोमा २ करोड ८ लाख रुपैयाँको सामान निर्यात भएको छ । अफगानिस्तानसँग १८ करोड ९४ लाख रुपैयाँ व्यापार नाफामा रहेको छ ।

कजाख्स्तान स् कजाख्स्तानबाट ११ लाख ७१ हजारको सामान आयात भएकोमा ३५ लाख १५ हजार रुपैयाँको सामान निर्यात भएको छ । नेपाल २३ लाख ४४ हजार रुपैयाँ नाफा रहेको छ ।

आइसल्याण्ड स् आइसल्याण्डबाट ७ लाख ५२ हजार रुपैयाँको सामान आयात भएको छ । तर निर्यात भने ७३ लाख ७५ हजार रुपैयाँको भएको छ । आइसल्याण्डसँग ६६ लाख २३ हजार ब्यापार नाफा रहेको छ ।

ब्रुनाई स् ब्रुनाईबाट गएको वर्ष ७ लाख ४३ हजार रुपैयाँको सामान आयात भएकोमा १२ लाख ७२ हजारको निर्यात भएको छ । नेपाललाई ५ लाख २० हजार ब्यापार नाफा भएको छ ।

यमन स्  गएको वर्ष यमनबाट ५ लाख ९ हजारको सामान आयात भएकोमा ७३ लाख ४१ हजारको निर्यात भयो । यमनसँग नेपालको ब्यापार नाफा ६८ लाख ३३ हजार रुपैयाँ छ ।

बोस्निया एन्ड हर्जगोभिना स् बोस्निया एन्ड हर्जेगोभिनियाबाट गएको वर्ष २ लाख ९४ हजार रुपैयाँ बराबरको सामान आयात भएको छ । निर्यात भने ४७ लाख ७१ हजार रुपैयाँको भएको छ । व्यापार नाफा ४४ लाख ७८ हजार रुपैयाँ छ ।

माल्दिभ्स स् गएको वर्ष माल्दिभ्सबाट १ लाख ७२ हजार रुपैयाँको सामान आयात भयो भने ५ लाख ५९ हजारको निर्यात भयो, नेपाल ३ लाख ८७ हजार ब्यापार नाफामा रहेको छ ।

बोलिभिया स् बोलिभियाबाट १ लाख २ हजारको सामान आयात भएकोमा ५ लाख ६३ हजार रुपैयाँको निर्यात भयो । नेपाल बोलिभियासँग ४ लाख ६१ हजार रुपैयाँ व्यापार नाफामा रहेको छ ।

अजरबैजान स् अजरबैजानबाट नेपालले आयात  गरेको छैन । १ लाख ८० हजार रुपैयाँको निर्यात मात्रै गरेको छ ।

जाम्बिया स् जाम्बियाबाट नेपालले सामान आयात गरेको छैन, ६ लाख १७ हजार रुपैयाँको निर्यात गरेको छ ।

पानामा स् पानामाबाट गएको आर्थिक वर्षमा नेपालले सामान आयात गरेन । ७ लाख ९५ हजार रुपैयाँको सामान निर्यात गरेको छ ।

अर्मेनिया स् अर्मानियाबाट नेपालले सामान आयात गरेको छैन, ११ लाख ५२ हजार रुपैयाँको सामान निर्यात गरेको छ ।

जिम्बाब्वे स् जिम्वाबेबाट पनि गएको वर्ष सामान आयात भएन, २ लाख ७६ हजार रुपैयाँ बराबरको सामान निर्यात भयो ।

बहमास स् बहमासमा ६ लाख १४ हजार रुपैयाँको सामान निर्यात भएको छ, आयात शून्य रहेको छ ।

बुरुण्डी स् बुरुन्डीमा पनि २९ लाख ३० हजार रुपैयाँको सामान निर्यात भएको छ, तर आयात भने भएको छैन ।

जिबुटी स् जिबुटीमा पनि १ लाख १९ हजार रुपैयाँको सामान निर्यात भएको छ । आयात भने छैन् ।

ताजिकिस्तान स् ताजकिस्तानमा १ लाख ८९ हजारको सामान निर्यात भयो, आयात भने भएन ।

न्यू क्यालेडोनिया स् यो देशमा  ९६ लाख ७९ हजार बराबरको सामान निर्यात भएको छ । आयात भने शुन्य छ ।

उरुग्वे स् उरुग्वेमा ३१ लाख ९१ हजार रुपैयाँको सामान निर्यात भएको छ, आयात भएको भन्सार विभागको तथ्यांकमा देखिंदैन ।

१ लाख भन्दा थोरै रकममा निर्यात हुने देश स् १  लाख रुपैयाँ भन्दा थोरैको आयात र निर्यात हुने देशबाट नेपाललाई २६ हजार रुपैयाँ ब्यापार नाफा भएको छ । यस्ता देशबाट ७ लाख १६ हजार रुपैयाँको सामान आयात भएकोमा ७ लाख ४१ हजार रुपैयाँको सामान निर्यात भएको छ । स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा

माघ २३ गते । सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ मा गरिने भएको छ ।  मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन

RadioTaplajung

अबरुद्ध रहेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु

रेडियो ताप्लेजुङ,माघ १० गते ।अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ ।   कम्पनीले पाँचथर

RadioTaplajung

शिलाजीत वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

माघ ४ गते / रेडियो ताप्लेजुङ - शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान,