ताजा खबर

इमरान खान बने पाकिस्तानको प्रधानमन्त्रीको आधिकारिक उम्मेदवार

RadioTaplajung

इमरान खान बने पाकिस्तानको प्रधानमन्त्रीको आधिकारिक उम्मेदवार
 साउन २२ गते । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीको संसदीय समितिले आधिकारिक रुपमा  इमरान खानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ ।

क्रिकेटरबाट नेता बनेका ६५ वर्षीय इमरान खानको पार्टी गएको जुलाई २५ मा भएको संसदीय चुनावमा सबैभन्दा ठूलो पार्टीका रुपमा उदाएको थियो । पीटीआईले ११६ सिटमा जित हात पारेको थियो ।

पीटीआईको संसदीय समितिको बैठकमा बहुमतले इमरान खानलाई प्रधानमन्त्रीको उम्मेदवार चयन गरेको पार्टीका प्रवक्ता फवाद चौधरीले बताएका छन् ।
सरकार बनाउन पीटीआईलाई १३७ सिट आवश्यक हुन्छ । प्रवक्ता चौधरीका अनुसार पीटीआइलाई १७२ सांसदको समर्थन रहेको छ ।

पाकिस्तानका नयाँ प्रधानमन्त्रीको सपथग्रहण स्वतन्त्रता दिवसको अवसर पारेर अगस्ट १४ मा हुन सक्ने बताइएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल