ताजा खबर

प्रियंकाले लुकाउन त खोजिन् तर लुकेन क्यामेराको अगाडि निकसँगको इन्गेज्मेन्टको औँठी

SITENAME

प्रियंकाले लुकाउन त खोजिन् तर लुकेन क्यामेराको अगाडि निकसँगको इन्गेज्मेन्टको औँठी
साउन २२ गते । बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले आफ्नो प्रेम सम्बन्धका कारण चर्चामा रहेकी छिन् । केही दिन अघिमात्रै आफूभन्दा १० वर्ष कान्छा प्रेमी निक जोनससँग इन्गेज्मेन्ट गर्नकै लागि प्रियंकाले सलमान खानको फिल्म ‘भारत’ छोडिन् ।

यस विषयमा प्रियंका र उनकी आमा मधु चोपडाले केही नबोले पनि फिल्म छोडेपछि सलमान खान भने प्रियंकासँग रिसाएको बताइन्छ । केही दिनअघि मात्रै प्रियंका र निक सिंगापुरमा एकैसाथ भेटिएका थिए ।

त्यसपछि प्रियंका सोमबार बिहान दिल्ली आइपुगिन् । भीआईपी कक्षबाट बाहिरिनुभन्दा पहिले फोटोपत्रकारहरुको भिड लागिसकेको थियो । प्रिंयकाले मिडियाको भिड देखेपछि आफ्नो इन्गेज्मेन्टको औँठी फुकालेकी थिइन् । त्यसपछि उनले औँठी पेन्टको खल्तीमा राखिन् ।

प्रियंकाले औँठी फुकालेर लुकाउन त खोजिन् तर क्यामेरामा त्यो तस्बिर कैद भैसकेको थियो । अहिले त्यही तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । स्रोतःएजेन्सी

प्रतिकृया दिनुहोस
SITENAME

न्युयोर्कमा स्रष्टा सम्झना तथा सम्मान साँझ सम्पन्न

पुष्कर बराल  - न्युयोर्क,नेपाली अमेरिकन कलाकार संघले डिसेम्बर ८ मा पहिलोपटक नेपालका महान श्रष्टा तथा सर्जकहरुको सम्मानका लागि विशेष सांगितिक

SITENAME

अपारदर्शी मिस वर्ल्ड, श्रृंखलामाथि ‘अन्याय’ !

  मंसिर २३ गते । मेक्सिकोकी सुन्दरी भानेसा पोन्स डे लियोनलाई ताज पहिर्‍याउँँदै चीनमा मिस वर्ल्ड २०१८ प्रतियोगिता शनिबार पटाक्षेप भयो । नेपालकी

SITENAME

सकियो शृङ्खलाको मिस वर्ल्ड बन्ने सपना शृङ्खला मिस वर्ल्डको टप १२ बाटै आउट

रेडियो ताप्लेजुङ-मिस नेपाल शृङ्खला खतिवडा मिस वर्ल्डको यात्रा शीर्ष १२ मा नै टुंगिएको छ । चीनको सान्यामा जारी मिस वर्ल्डको फाइनलमा टप १२ मा पुग्न सफल