ताजा खबर

...........त्यही दिनदेखि हो एलिजाको जिन्दगीमा प्रलय आएको

RadioTaplajung

...........त्यही दिनदेखि हो एलिजाको जिन्दगीमा प्रलय आएको
साउन २२ गते । कलिलै उमेरमा विवाह गरेकी एलिजालाई लागेको थियो, आफूले मन पराएको मान्छेसँग बिहे गरेपछि जिन्दगी सफर रोमाञ्चक बन्नेछ। प्रेममा मान्छे शून्य हुन्छ भन्ने भान उनलाई आजभोलि मात्रै हुन थालेको छ। जिन्दगीलाई रंगीन बनाउने योजनामुताविक एलिजाले १७ वर्षको उमेरमा १८ वर्षको आफ्नो प्रेमीसँग विवाह गरिन्। जिन्दगी हाँसिखुसी चल्दै थियो। विवाह गरेको एक वर्षमै जुम्ल्याहा छोरीहरू जन्मिए। दुईजना मात्रै हुँदा ठिक ठाकै थियो। चारजना हुनेबित्तिकै परिवारमा अभाव सिर्जना भयो। आर्थिक अभाव सुरु भएपछि एलिजाका पति राजेश पैसा कमाउन मलेसिया उडे। जुन दिन राजेश मलेसिया उडे, त्यही दिनदेखि हो एलिजाको जिन्दगीमा प्रलय आएको। नाम परिवर्तित एलिजा र राजेश दम्पती हुन्। घटना हो, प्रदेश १ को। ‘श्रीमानले मलेसिया गएर धन कमाएर ल्याउनुहुन्छ, अनि परिवारमा सुखका दिन आउँछन् भन्ने लागेको थियो,’ रुँदारुँदै सुकेका ओठमा जिब्रो लतार्दै एलिजाले भनिन्, ‘तर एचआइभी एड्स लिएर आउनुभएछ, ठूलो बज्र परेको छ।’ वैदेशिक रोजगारीका अँध्यारा पाटाहरू थुप्रै छन्। परिवार छिन्नभिन्न भएका छन्। मृत्युतुल्य रोगहरू लिएर आउनेहरूको कथा भने झन् अँध्यारो छ। ०६७ सालमा विदेश गएका आफ्ना पतिले ७० सालमा फर्किँदा एड्स नै लिएर आएका रहेछन्, एलिजाले धेरैपछि मात्रै यो कुरा पत्ता पाइन्। एलिजा मात्रै होइन गाउँका ४र५ जना महिलामा पनि उनका पतिले ल्याएको एड्स सरिसकेको छ। अहिले एलिजाका पति मृत्यु शय्यामा छटपटाइरहेका छन्। एलिजाले पनि दिनहुँ औषधि खानुपर्ने अवस्था आएको छ। दुई छोरी हुर्काउनुपर्ने बाध्यता त छँदै छ। त्यतिले मात्रै नपुगेर एलिजाको पेटमा रहेको बच्चाको जीवन पनि थप अन्धकार बन्दै गएको छ। एलिजाले थाहाखबरसँग आफ्नो जीवनको अँध्यारो पाटो यसरी सुनाइन्स् त्यहीवेला उहाँ पैसा कमाउन मलेसिया जानुभयो। बाल उमेरमै बालजोडी बनेर विवाह गर्‍यौं। हामी एक अर्काप्रति मायालु त भयौँ, तर आर्थिक रूपमा हामीसँग केही थिएन। दुवैजनाले एक अर्काको मुख हेरेर हाँस्नुभन्दा विकल्प केही थिएन। परिवारमा पनि ज्याला मजदुरी गरेर खानुपर्ने अवस्था थियो। उहाँ मलेसिया गएर २०७० सालमा आउनुभयो। अढाई तीन वर्ष विदेश बसेर आउँदा दुई छोरी हुर्काउने काम भयो। त्यसपछि ०७० सालमा पनि मलेसियामा सुपभाइजरको लागि जान तयारी गर्नुभयो। अनि काठमाडौं गएर स्वास्थ्य परीक्षण गर्दा रगतमा इफेक्सन देखियो। औषधि खान थाल्नुभयो। त्यसपछि उहाँको शरीरमा विभिन्न प्रकारका अनौठा प्रकारका घाउ, खटिराहरू आउने उपचार गराइरहनुपर्ने भयो। म त मर्छु होला छोरीको भविष्यको चिन्ता थपिएको छ, विलौना गर्दै भनिन्, श्रीमानले शरीरमा विभिन्न प्रकारका लक्षणहरू देखा पर्न थालेपछि उहाँ रिसाउन थाल्नुभयो। हामीबीचमा पाराचुच्चे सम्बन्ध सुरु भयो। म स्थानीय रेडियोमा काम गर्थें। अलिअलि पैसा त्यतैबाट कमाएर दुई छोरी सरकारी विद्यालयमा पढाउँदै आएकी थिएँ। उहाँ जाड रक्सी सेवन गर्दै लागुऔध दुर्व्यसनीमा फस्नुभयो। ९लभ इज बलाइन्ड।।।हो रहेछ दाइ० जति बदमास गरे पनि आफ्नो मान्छे मुटुभन्दा प्यारो लाग्यो। उहाँलाई सम्झाई फकाई गर्न लागेँ। धेरैले डिभोर्स गर भने। कसैको कुरा सुनिनँ। उहाँको घर परिवारले समेत मलाई रुचाएका थिएनन्। तर, पनि हामीले एक अर्कालाई गर्ने एकाहोरो माया झनै बढ्दै गयो। उहाँले मैले भनेको मानेर व्यापार गर्ने योजना बनायौँ। उहाँ सुनसरीको इटहरी बस्न थाल्नुभयो। मैले रेडियोबाट कमाएको केही पैसा बचाएर राखेको थिएँ। त्यही पैसा र केही ऋण मागेर इटहरीमा पसल सुरु गर्यौं। इटहरीमा पसल सुरु गरेपछि उहाँ फेरि घर नआउने, मसँग झगडा गर्ने गर्दै जानुभयो। त्यसपछि म रेडियोको जागिर छाडेर इटहरी गए। केही दिन दुवैजना मिलेर पसलमा बस्यौँ। पसल ठीकै चल्थ्यो। दुई छोरीको मातापिता हामी। उहाँकै आग्रहमा थप अर्को सन्तान जन्माउन लाग्यौँ। उफ उहाँ एचआइभी संक्रमित भएको थाहा पाएको भए, सँगै पनि बस्ने थिइनँ, सन्तान पनि जन्माउने काममा लाग्दैनथ्यौँ। इटहरीमा उहाँ पसलमा बस्न थाल्नुभयो। म फेरि इटहरीकै एक रेडियोमा काम गर्न थालेँ। रेडियोमा मैले मार्केटिङमा काम पाएँ। एक दिन उहाँलाई एक्कासि ज्वरो आयो। उहाँ बिरामी परिरहनु कुनै नौलो थिएन। त्यस दिनको उहाँको ज्वरो, अनि बान्ता डरलाग्दो थियो। धेरै औषधि गरे। ठिक हुने कुनै अवस्था भएन। गाउँघरमा मेरी सासु आमालाई फोन गरेँ। आमाले कुनै लागु, भूत प्रेत लागेको भन्नुभयो। अनि विराटनगरका डाक्टर आएको वेला इटहरीमा स्वास्थय परीक्षण गराएका थियौँ। उहाँलाई एक्कासि एचआइभीको संक्रमण सामान्य मात्र नभएर अत्याधिक फैलिइसकेको चिकित्सकले बताए। त्यो दिन धेरै रोएँ। रोएर हुँदैन भन्दै सबैले काठमाडौंको शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा गएर उपचार गराउने सल्लाह दिनुभयो। टेकु आएर जाँच गराउँदा उहाँको अवस्था अन्तिम भइसहेको रहेछ। शय्यामा बसेर मृत्यु कुर्नुबाहेक विकल्प छैन उपचार गराउन धेरै खर्च लाग्ने रहेछ। उहाँलाई बचाउन अब दैनिक रूपमा ५० देखि ६० हजारको औषधि लाग्ने रहेछ। डाक्टरले अब जति गरे पनि बचाउन नसक्ने भनेका छन्। उहाँलाई एचआइभी एड्स भेटिएपछि मैले पनि सुनसरीकै अस्पतालमा चेक गरेको थिएँ। मलाई पनि पोजेटिभ देखियो। सबैले उपचार गराउँदा हुन्छ भने। औषधि निस्शुल्क पाइन्छ भने। फेरि पाँच महिनाको गर्भवती छु। मेरो पेटभित्र रहेको बच्चा र मेरो पनि अवस्था नाजुक छ भनेका छन् डाक्टहरूले। श्रीमान अस्पतालको शय्यामा बसेर मृत्यु कुरिरहनु भएको छ। घरमा दुई छोरीहरू छन्। अहिले गाँउभरी उहाँले एचआइभी सार्नुभएछ। नरपापी रहेछन् मेरा श्रीमान, गाउँभरी एचआइभी एड्स फैलाएछन्। आफूले लुकाएर गाउँभरी एचआइभी फैलाए एलिजाका श्रीमानले आफूलाई मारेर मलाई पनि मारे। गाउँघमा समेत एचआइभी फैलाए मेरा श्रीमानले। ।।।घुँक्क घुँक्क रुँदै मनका पीडा यसरी पोखिरहिन एलिजाले, मेरो त श्रीमानको कारण परिवारै चकनाचुर भयो। अरूका परिवारमा एचआइभीको आगो सल्कियो, कसले निभाउछ होला।।।रु श्रीमानलाई बचाउने कोसिसबाट हारेको भन्दै उनले भनिन्, ‘अहिले मैलै सोध्दा उहाँ भन्नुहुन्छ, गाउँका अन्य महिलालाई पनि मैले एचआइभी एड्स सारेँ।’ एजिलाले अन्य महिलालाई एचआइभी एड्स सारेको पीडा श्रीमानको भनाइअनुसार यसरी सुनाइन्। उहाँ ०६७ सालमा मलेसिया जानुभयो। ०७० सालमा आउनुभयो। उहाँ एचआइभी एड्स लिएर आउनु भएको रहेछ। कसैलाई भन्नुभएन। मलेसियमा इन्डोनिसियन महिलालाई सम्पर्क गर्दा एचआइभी एड्स लिएर आउनुभएको रहेछ। सुरुमा उहाँलाई पनि थाहा भएनछ। उहाँसँग फेसबुकमा जो महिलाबाट एचआइभी एड्स सर्‍यो। त्यो महिलाका साथीहरू पनि उहाँसँग फेसबुकमा एड रहेछन्। पछि त्यो महिलाका साथीहरूले जो एचआइभी एड्स रोगी थिई। त्यो महिला मरेपछि फेसबुकमा एचआइभी एड्सले मरेको थाहा पाउनुभएछ। उहाँ भन्नुहुन्छ, ‘त्यो महिला एचआइभी एड्सले मरेको थाहा पाएँ, अनि म झस्किए। तर, मैले सोचिनँ मलाई पनि एचआइभी एड्स लाग्यो भनेर। एलिजा रुँदै भन्छिन्, जब मेरो श्रीमानले मनमनै एचआइभी एड्स लागेको थाहा पाउनुभएछ। त्यसपछि उहाँ अत्यधिक मादक पदार्थ सेवन गर्ने, लागुऔषध सेवन गर्न थालेको बताउनुहुन्छ। गाउँमा श्रीमान विदेशमा रहेका चार पाँचजना महिलालाई समेत सम्पर्क गरेको भन्नुहुन्छ। श्रीमानले भनेअनुसार मैले केही श्रीमतीका श्रीमानलाई सबै कुरा जानकारी गराएको छु। मेरो पापी श्रीमानले हाम्रोभन्दा चारजना अन्य श्रीमती भएका महिलालाई एचआइभी एड्स सार्नुभएछ। सुनेको छु, दुईजनामा एचआइभी एड्स पोजिटिभ देखियो रे। केही लुकेर यौन पेसा गर्नेहरू पनि छन रे। उनीहरूले कतिलाई सारे थाहा छैन। श्रीमानलाई विभिन्न शब्दले गाली गर्दै भनिन्, ‘मर्ने वेला भयो, सबै गल्ती मेरो हो, क्षमा पाऊँ, थाहा नपाएर, लुकाउँदा लुकाउँदै सबै स्वाहा भयो। मलेसियाबाट दुई दर्जन उदयपुर, खोटाङका युवाले एचआइभी एड्स लिएर आका छन् रे, एलिजाले भनिन्। एलिजाका श्रीमान राजेश र इन्डोसियन महिलाको सम्पर्क श्रीमती एलिजा भन्छिन्, कलिलै उमेरमा विवाह गरेका थियौँ। विवाह गर्ने उमेरमा मलेसिया जानुपर्‍यौँ। मलेसियामै साथहीहरूसँग रमाइलो गर्न जानुभएछ। सुरक्षित यौन सम्पर्क नगरी असुरक्षित रूपमा पटक(पटक यौनसम्पर्क गर्दा एचआइभी एड्स आफूलाई सारेको बताउँछन्। राजेशलाई थाहै भएनछ, ती महिला एचआइभी एड्स लागेको थाहै पाएनछन्। पछि ती महिलाको मृत्यु भएपछि मात्र थाहा पाएछन्। त्यसपछि पनि उहाँले एचआइभी एड्सको परीक्षण नगर्दा आज हामी यो अवस्थामा आइपुग्यौँ। अरूलाई पनि मार्नुभयो। मेरो पीडा कसलाई भनौँ, कसलाई सुनाऊँ डाँको छाडेर रोइन् एलिजा। घर परिवारबाट सहयोग पाउन छाडे एलिजा र उनको श्रीमानलाई समेत एचआइभी एड्स लागेको थाहा पाएपछि उनी अहिले साहाराविहीन भएकी छन्। एलिजाको माइती पक्ष र राजेशका घरको पक्षले समेत बेवास्ता गर्न थालेको बताउँछिन्। म गर्भवती छु। मैले पनि एचआइभी एड्सको दैनिक औषधि सेवन गर्नुपर्ने वेला आएको छ। श्रीमान मृत्युको शय्यामा छटपाटाइरहेका छन्। मैले मेरा देवरलाई समेत मेरा श्रीमान उनका दाइलाई हेरचाह गर्न अस्पताल बोलाउन लागेको थिएँ। कोही आउन मान्नुभएन। काठमाडौंस्थित एकजना आफन्तको कोठामा बस्दै आएको थिएँ। त्यहाँबाट पनि आफन्तहरूले निस्कन दबाब दिँदै आएका छन्। अब मैले कहाँ गएर बस्ने होरु कोठा खोज्दा पनि एचआइभी एड्स लागेको थाहा पाए, नदिने रहेछन्। आज आफन्त, साथीभाइ, इष्टमित्रबाट साहाराविहीन भएको छु। श्रीमानका दाजुभाइले आमाबुबाले मरे पनि नजिक जानुहुन्न भन्छन रे। माइती पक्षले सकेको पैसा दिए। सबै खर्च भइसक्यो। मृत्यु नभएसम्म श्रीमानको पनि हेरचाह र रेखदेख गर्नु पर्ने वेला आएको छ। आफन्तहरूले तिम्रा बाबा आमा मर्छन् भन्दिएर छोरीहरू रोएर बसेका छन् आफन्त, नरनाताका साथीभाइ, इष्टमित्र सबै टाढा(टाढा हुँदै गएका छन्। स–साना छोरीसमेत छन्। उनीहरूलाई मेरा आफन्तहरूले तिम्रा बाबा आमा मर्छन् भन्दिएर रोएर बसेका छन्। गाउँघरमा समेत अशिक्षा र अन्धविश्वासका कारण साहाराविहीन बने भन्दै एकोहोरो एलिजा रोइरहिन्। जुन रुवाइले अस्पतालसमेत मौन बन्यो। सुन्ने र देख्ने सबैका आँखाभरी आँसुका धारा झरे। श्रीमान् त मर्ने भए, म गर्भवती छु, मलाई बचाउन आर्थिक सहयोग गरिदिनुहोस् श्रीमानको गल्तीले मलाई मात्र एचआइभी एड्स लागेन। उहाँले मनमनै लुकाउँदा मेरो पेटमा पाँच महिना पुगेको बच्चा पनि यसको सिकार हुन पुग्यो। डाक्टहरूले भनेका छन्, बच्चालाई बचाउन धेरै औषधि खानु पर्छ रे। त्यसका लागि मसँग पैसा छैन। मलाई आर्थिक सहयोग चाहियो। दुई छोरीहरू पनि छन्। उनीहरूलाई के खुवाउनु, कसरी पढाउनु, आफू पनि औषधिको सहारामा मात्र बच्न सक्छु रे। समाज, गाउँघर सबैको नजरमा पापी बनेको छु। सबैले थाहा पाएपछि हेला मात्र गरेका छन्। म र मेरो पेटमा भएको बच्चा र स–साना छोरीहरू बचाउन मलाई आर्थिक सहयोग गरिदिनु हुन अनुरोध छ। मेरो बैंक खाता छ। इन्भेष्टमेन्ट बैंक शाखा गाईघाटमा छ। नेपाल इन्भेष्टमेन्ट बैंक ०३५०५०८०२६४१५० खातामा जम्मा गरिदिनु हुन अनुरोध छ। तथा ९८५२८३५३५० मा सम्पर्क गर्न सक्नुहुनेछ। उनले आफू र आफ्नो गर्भमा हुर्कंदै गरेको बच्चासहित दुई छोरी बचाउन सबैसमक्ष सहयोग मागिरहिन्। उनले पुन भनिन्, ‘श्रीमान त मर्ने भए, म गर्भवती छु, मलाई बचाउन आर्थिक सहयोग गरिदिनुहोस्, म तपाईंको सानो सहयोगले बाँच्न चाहन्छु। साथमा दुई छोरी छन्, त्यसमा पनि गर्भवती छु, ज्याला मजदुरी गरेर खाने मेरो परिवारमा श्रीमानको गल्तीले गाउँ र परिवार नै सखाप भएको छ।’ श्रीमान विदेश हुनेहरूका लागि एलिजाको सुझाव एलिजाले गाउँमै खुलेको एक रेडियोमा रिपोर्टर, प्राविधिक, समाचार प्रमुखसमेतको भूमिकामा रहेर काम गरिसकेकी छिन्। उनी भन्छिन्, म पत्रकारितासमेत गरेकी महिला हुँ। विवाह गरेर छोरी जन्मेपछि गाउँमा रेडियो खुल्यो। त्यही रेडियोमा काम गर्ने मौका पाएँ। ज्याला मजदुरी गरेर भए पनि प्रवेशिका परीक्षा पास गरेकी थिएँ। विभिन्न सरकारी तथा गैरसकारी निकायमार्फत सामाजिक अभियान्ताको रूपमा एचआइभी एड्स जस्ता गम्भीर प्रकृतिका रोगबारे जनचेतना जगाएको थिएँ। सामाजिक कुरीति, कुसंस्कारको बारेमा बोल्ने नारी थिएँ म। तर, आज मेरै परिवारमा श्रीमानको कारण बज्रपात आएपछि मैले गरेका काम हलुका भए। मैले भनेका कुरा सबै हावा उडेको बेलुनजस्तै भयो। मेरो आग्रह छ, ‘मजस्ता श्रीमान विदेशमा भएका महिलाहरूले घरमा श्रीमान आएपछि एकपटक अवश्य स्वास्थ्य परीक्षण गर्नुहोला। म सधैँ भन्थेँ, ‘श्रीमान विदेशबाट आएपछि एकपटक स्वास्थ्य परीक्षण गर्नुहोला। तर, भनेको जसरी व्यवहारमा गर्न नसक्दा आज एकै चितामा जल्नुपर्ने भएको छ। दिदीबहिनीहरू हजुरहरूका श्रीमान विदेशमा छन्, भने घर आएपछि एकपटक स्वास्थ्य परीक्षण गर्नुहोला। जस गर्दा मेरोजस्तो समस्या कसैलाई पनि नपरोस्। पत्रकारहरूका विभिन्न संघ संगठनहरूबाट पनि सहयोगको अपिल म पत्रकारितासमेत गर्ने महिला पत्रकार भएकाले पत्रकारहरूका विभिन्न संघ संगठनहरूबाट सहयोगको अपिल गरेको छु। नेपाली समाजको संरचनाअअनुसार महिलाको भविष्य पुरुषकै हातमा हुन्छ। मेरो श्रीमानकै कारण आज एचआइभी एड्सको सिकार भएको छु। मैले श्रीमालाई स्वास्थ्य परीक्षण गरेको भए, म पनि एचआइभी एड्स रोगी हुने थिइनँ। अनि गर्भको बच्चा पनि रोगी हुने थिएन। श्रीमानले गाउँभरी एचआइभी एड्स सार्न पाउँदैथे। रोई, कराई थाकेर शिथिल भएकी एलिजाले कुराकानीको अन्तिममा आएर भनिन्, श्रीमान त मर्ने भए, ‘म गर्भवती छु, मलाई बचाउन आर्थिक सहयोग गरिदिनुहोस्’ मेरो श्रीमानले एचआइभी एड्स जसरी फैलाएको छु भन्नुभएको छ। त्यसलाई रोकिदिन सरकारी तथा गैरसरकारी निकायसँग माग पनि गर्दछु।'
स्रोतःथाहा खबर डट कम

प्रतिकृया दिनुहोस
RadioTaplajung

राजनीतिमा जे देखियो

प्रिशा वस्नेत ,ताप्लेजुङ, बैसाख १५ गते    मुलुकलाई बलियो बनाउन मूलतः राजनीति बलियो हुनुपर्छ । राजनीतिलाई बलियो बनाउन राजनीति पार्टीहरू बलियो

RadioTaplajung

जस्ता नेता, उस्तै पत्रकार

चैत्र १७ गते ।  आफ्नै आङ कन्याएर छारो उडाउने रहर कसलाई पो हुन्छ र ? तर, आज हामी नेपाली पत्रकार जुन अवस्थामा छौं, यहाँनेर छारो उडाएर मात्रै पुग्दैन ।

RadioTaplajung

छाउ गोठ कि छाउ सोच भत्काउने ?

तिलकप्रसाद सापकोटा,माघ ११ गते । अछामलगायत पश्चिम नेपालका अधिकांश जिल्लाका स्थानीय तहमा पुस ९ देखि छाउ गोठ भत्काउ अभियान चलिरहेको छ। अहिलेसम्म दुई