ताजा खबर

बालक हत्या प्रकरणः ४० लाख फिरौतीमा सहमति भएको थियो

RadioTaplajung

बालक हत्या प्रकरणः ४० लाख फिरौतीमा सहमति भएको थियो
साउन २१ गते । आइतबार साँझ अपहरणमा परेका ११ वर्षीय निशान खड्का अपहरणमा परे लगत्तै बावु गणेशबहादुर खड्कालाई फोन आयो – ‘२ करोड फिरौती दिएमात्रै बच्चा सकुशल रहने छ ।’ तर २ करोड फिरोती बुझाउँने कुनै हैसियत नै नभएका खड्काले त्यत्रो रकम कहाँबाट ल्याउँनु भन्दै अपहरणकारीीसँग हारगुहार गरे–‘बच्चा केही नगरिदिनु ।’ सिुन्धुपालचोकको मेलम्चिबाट आएको खड्का परिवार त्यही घरबनाएर बस्दै आएको थियो । प्रहरीका अनुसार आर्थिक हैसियत पनि मध्यम स्तरको हो खड्का परिवारको । त्यसपछि अपहरणकारी र खड्काबीच बच्चा छुटाइदिने शर्तमा पैसाको मोलमोलाई भयो, र अन्तिममा ४० लाखमा सहमति भयो । विहान फिरौती बुझाएर बच्चा बुझाउने शर्त पनि भयो । अपहरणको सूचना पाए लगत्तत्रै प्रहरी पनि राती नै अपहरण मूक्त गर्न खटियो । रातभरी सर्च एन्ड रेस्क्यु अपरेसन महानगरीय प्रहरी महाशाखाले चलायो । तर सोमबार १२ बजे भक्तपुरको ठिमी नजिकै वालक हत्यापछि पुरिएको अवस्थामा फेला परे । त्यसपछि प्रहरीले भक्तपुरका संकास्पद स्थानमा निगरानी बढाउँदै २ जनालाई विहान फेला पा¥यो, तर त्यसबेला अपहरणकारी पेस्तोल ताक्दै भाग्न खोजे । तर प्रहरीले पनि जवाफी फायर खोल्यो । र दुवैजना अपहरणकारीको घटनास्थलमै मृत्यु भयो । प्रहरीले मृतकको सनाखत भइनसकेको जनाएको छ मृतक दुवैजना २५ देखि ३० वर्ष उमेर समूहका मंगोलियन अनुहारका छन् । स्रोतःकारोबार दैनिक

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले