ताजा खबर

अन्ततः भिड्ने नै भए पूजा र प्रदिप

RadioTaplajung


अन्ततः भिड्ने नै भए पूजा र प्रदिप
साउन २१ गते । ‘प्रेमगीत’बाट हिट बनेको जोडी नायिका पूजा शर्मा र नायक प्रदिप खड्काविच अब बक्स अफिसमा भिडन्त नै हुने भएको छ । लामो समयदेखि यी दुइविच बक्स अफिस भिडन्त हुने चर्चा चलेपनि फाइनल भने भएको थिएन । तर, अब भदौ २२ गते पूजा र प्रदिप एक अर्कालाई च्यालेञ्ज दिन आउँदैछन् ।

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘रामकहानी’ले भदौ २२ गतेलाई प्रदर्शन मिति तोकेर छायांकन आरम्भ गरेको थियो । सुदर्शन थापाले चलचित्रको निर्देशन गरेका हुन् ।

अब, यही मितिमा नायक प्रदिप खड्काले मुख्य भूमिका निर्वाहा गरेको चलचित्र ‘रोजी’ पनि प्रदर्शनमा आउने भएको छ । निरक पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रमा प्रदिपको साथमा मिरुना मगर र परमिता आर एल राणाको मुख्य भूमिका छ ।

‘रामकहानी’ कमेडी र लभ स्टोरी कथामा निर्माण भएको चलचित्र हो भने ‘रोजी’ प्रेम र विछोडको कथामा तयार भएको चलचित्र हो । ३ बर्षसम्म बोलचाल नगरि केही समय अगाडि मात्र नजिक भएका प्रदिप र पूजाको यो टकरावले फेरि उनीहरुको सम्बन्धलाई असर पार्न सक्छ ।
स्रोतःअनलाइनखबर डट कम

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण