प्रहरी प्रमुखमा सर्वेन्द्र खनाल नियुक्त, सशस्त्रमा शैलेन्द्र

२७ चैत, काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक ९आईजीपी०मा सर्वेन्द्र खनाल नियुक्त भएका छन् । साथै शैलेन्द्र खनाल सशस्त्र प्रहरीको महानिरीक्षक बनेका छन् ।


मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले डीआईजी खनाललाई आईजीपीमा बढुवा गरेको हो ।

आईजीपीका लागि सर्वेन्द्र खनालसँगै रमेश खरेल र पुष्कर कार्की दौडमा थिए । डीआईजी बढुवाको बरियतामा खनाल पहिलो, खरेल दोस्रो र कार्की तेस्रो नम्बरमा थिए ।

डीआईजीमा बढुवा भएको ८ महिना मात्र भएकाले नयाँ कार्यसम्पादन मूल्यांकन समेत तयार हुन सकेको थिएन । प्रहरी नियमावलीमा एक वर्षको कार्यसम्पादन मूल्यांकन गर्ने व्यवस्था छ ।

सशस्त्रको कमाण्ड शैलेन्द्र खनाललाई

मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीको प्रमुखमा शैलेन्द्र खनाललाई नियुक्त गरेको छ । सशस्त्रको आईजीपीका लागि खनालसँगै पुष्पराम केसी दौडमा थिए ।

बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामवहादुर थापा बादलसँग आईजीपी नियुक्तिबारे परामर्श गरेका थिए ।

नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा अवधिका कारण बुधबारदेखि अवकाश पाउँदैछन् ।

प्रतिकृया दिनुहोस
SITENAME

सुशासन र आर्थिक विकास नै सरकारको मूल लक्ष्य हो : प्रम ओली

सुशासन र आर्थिक विकास नै सरकारको मूल लक्ष्य हो : प्रम ओली   असोज २, प्रधानमन्त्री केपी ओलीले सुशासन र आर्थिक विकास नै सरकारको मूल लक्ष्य रहेको बताउनु

SITENAME

प्रधानमन्त्रीले भने, निर्मला मेरी पनि छोरी हो

काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तलाई न्याय दिलाउन आफू प्रतिबद्ध रहेको बताएका छन्। बिहान

SITENAME

प्रकाण्डलाई थुनामुक्त गर्न सर्वोच्चमा फेरि रिट दायर

प्रकाण्डलाई थुनामुक्त गर्न सर्वोच्चमा फेरि रिट दायर  असोज १ गते । नेत्रविक्रम चन्द निकट नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर