ताजा खबर

कविता बनिन् डान्सिङ सुपरस्टार

RadioTaplajung

कविता बनिन् डान्सिङ सुपरस्टार
साउन २० गते । दिनभर सिमसिमे पानी परिरहेको काठमाडौंको चिसोचिसो मौसम । बाहिरको सडक हिलाम्मे थियो । बुद्धनगरस्थित एपीवान टेलिभिजनको स्टुडियो भने सांगीतिक क्षेत्रका हस्तीहरूको उपस्थिति र नृत्यकारहरूको रौनकले गरमागरम बनेको थियो । सबैजना बुगीवुगी कार्यक्रमको टाइटल विजेता थाहा पाउन व्यग्र प्रतीक्षामा थिए । स्टुडियोमा रमाइलो माहोल छाएको थियो ।

सर्लाहीकी १८ वर्षीया कविता नेपाली नेपालकै पहिलो डान्सिङ सुपरस्टार भइन् । एपीवान टेलिभिजनद्वारा आयोजित अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनल राउन्डमा आफ्ना अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै उनले उक्त उपाधि चुमेकी हुन् । उपाधिसँगै उनले नगद २५ लाख पनि जितिन् ।

त्यसैगरी प्रगति पुन फस्ट रनरअप बनेकी छन् । यससँगै उनले ६ लाख रुपैयाँ प्राप्त गरेकी छन् । सरोज मोक्तान सेकेन्ड रनरअप बनेका छन् । उनले चार लाख रुपैयाँ प्राप्त गरे ।

बुगीवुगीका लागि अनलाइन अडिसनमार्फत देशभरबाट तीन हजार डान्सर सहभागी भएका थिए । तीमध्ये एक सय ५० जना डान्सरलाई दोस्रो राउन्डको अडिसनका लागि काठमाडौं बोलाइएको थियो । उनीहरू मध्येबाट १८ जना प्रतियोगी छानिए । त्यसबाट पनि भिडियो राउन्ड, कला प्रदर्शन राउन्डलगायत विभिन्न चरणका कठिन सिँढी उक्लँदै उत्कृष्ट तीन छनोट भएका हुन् ।

अन्तिम राउन्ड दुई सातासम्म चलेको थियो । फाइनल विजेता घोषणा गर्ने दिन नजिकिँदै जाँदा अन्तिम तीन प्रतिस्पर्धी प्रगति, कविता र सरोजका फ्यानहरूले उनीहरूको पक्षमा भोट गर्न विभिन्न कार्यक्रम नै सञ्चालन गरेका थिए ।

एपीवान टेलिभिजनले अन्तर्राष्ट्रिय फे्रन्चाइज बुगीवुगी रियालिटी सो नेपालमा पहिलोपटक आयोजना गरेको हो । भारतको सोनी टेलिभिजन सँगको सहकार्यमा एपीवान टेलिभिजनले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय फेन्चाइजका रियालिटी सोहरू आयोजना गरिरहेको छ । त्यसैको निरन्तरतास्वरूप डान्स रियालिटी सो बुगीवुगी सञ्चालन गरिएको हो । यसलगत्तै नेपाल आइडल सिजन टु पनि सञ्चालन हुँदैछ ।

करिब आठ महिनासम्म चलेको यो कार्यक्रमको निर्णायकमा अभिनेता दिलीप रायमाझी, अभिनेत्री प्रियंका कार्की र कोरियोग्राफर कविराज गहतराज रहेका थिए ।

कार्यक्रमको सुरुआतदेखि नै प्रशान्त तामाङ, रोहिया महर्जन र नरेशवीर ठकुरीले कोरियोग्राफी गरेका थिए । विजेता घोषणा कार्यक्रममा नेपाली चलचित्रका हस्तीहरू सुनिल थापा, सरोज खनाललगायत दर्जनौं कलाकारको उपस्थिति थियो ।

नजिकबाट कविता नेपाली

श्री शान्ति विद्याश्रम ललितपुरमा ११ कक्षामा अध्ययन गर्ने सर्लाहीकी कविता नेपाली हाल ललितपुरको पाटनमा बस्छिन् । नाच के हो भन्ने थाहा नपाउँदै नाच्न थालेकी उनलाई हातखुट्टा हल्लाउनु र उफ्रनु नै नाच हो भन्ने लाग्थ्यो । ‘स्टार आर्ट कल्चर’मा सहभागी कविता त्यहीँको गु्रप ‘द अल इन वान’ क्रुमार्फत यही क्षेत्रमा सक्रिय थिइन् ।

आमाबुवाले त नाचबाट केही हुन्न नजाऊ भनेका थिए उनलाई । कहिले सिमेन्टको काम गरेर त कहिले ज्यामी काम गरेर उनका परिवारले उनलाई पढाएका हुन् । अन्तर्जातीय विवाह गरेका कविताका आमाबुवाले उनलाई धेरै पढाउने सपना देखेका छन् ।

मार्सल आर्टकी खेलाडीसमेत रहेकी कविता कलेजकी अब्बल विद्यार्थी पनि हुन् । नाचसँगै पढाइ अघि बढाउने उनको चाहना छ । उनी केही समय अगाडिसम्म मार्सल आर्ट खेल्थिन् । खेल्दाखेल्दै खुट्टामा चोट लागेपछि खेलेर अन्तर्राष्ट्रिय अवार्ड जित्ने उनको चाहना अपूरो भयो । त्यसपछि कवितालाई नाचमै केही गर्नुपर्छ भन्ने लाग्यो । ‘अवार्ड त नृत्यबाट पनि त पाइने रहेछ’, उनले आत्मविश्वास पोखिन् ।

जित्नभन्दा पनि राम्रो सिक्न र अब्बल प्रस्तुति दिन बुगीवुगीमा आएको उनले बताइन् । उनले भनिन्, ‘प्रतिस्पर्धाका लागि यहाँ आएकी थिएँ तर एउटा राम्रो परिवार जोडेर जाँदै छु । यो नै मेरो लागि अमूल्य उपहार हो ।’ स्रोतःअन्नपूर्ण पोस्ट दैनिक

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण