ताजा खबर

ताप्लेजुङ जिल्ला अस्पताललाई ‘एचबिएवानसी एनलाइजर’ मेसिन प्रदान

ताप्लेजुङ जिल्ला अस्पताललाई ‘एचबिएवानसी एनलाइजर’ मेसिन प्रदान
रेडियो ताप्लेजुङ,साउन १८ गते । शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको संस्था ह्यूमन प्राक्टिस फाउण्डेसनले (HPF) जिल्ला अस्पताल ताप्लेजुङलाई ‘एचबिएवानसी एनलाइजर’ मेसिन प्रदान गरेको छ । मधुमेहको परिक्षण गर्ने उक्त अत्याधुनिक मेसिन शुक्रबार संस्थाका कार्यक्रम संयोजक शिवलाल थापा र लेखा प्रमुख बाबुसाहेव चौधरीले अस्पतालका निमित्त प्रमुख डा. कृष्णप्रसाद शाहलाई प्रदान गरे । मेसिन २ लाख २० हजार रुपैयाँमा खरिद गरिएको थापाले बताए ।
जिल्ला अस्पतालमा यसअघि सामान्य मेसिनले मधुमेहको परिक्षण गरिन्थ्यो । यो मेसिनले मानव शरिरको विगत तीन महिनासम्मको चिनीको मात्रा थाहा पाउन सहिने डा. शाहले बताए । ‘अनुमानकै भरमा परिक्षण गरिदै आएको थियो,’ उनले भने,‘अब वास्तविक नतिजा थाहा पाउन सजिलो भयो ।’ उनले जिल्लामा मधुमेहका बिरामी बढ्दै गएको समेत बताए । हाल अस्पतालको बाहिरङ्ग कक्षमा मात्रै दैनिक ५ देखि ७ जनासम्म मधुमेहका नयाँ बिरामी आउने गरेको डा. शाहले जानकारी दिए । यस्तो अवस्थामा नयाँ मेसिन धेरै उपयोगि हुने शाहको भनाई छ ।  मधुमेहको परिक्षण शुल्कको निर्धारण भने समितिको बैठकले गर्ने बताइएको छ । तर अस्पताल विकास समिति खारेज भएपछि अहिले कुन समितिले अस्पतालको सञ्चालन गर्ने भन्ने अन्यौल छ ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

एमाले अध्यक्ष थेवेको आइसियुमा उपचार हुँदै 

ताप्लेजुङ – आश्विन १७ गते । आनन्द गौतम नेकपा एमाले जिल्ला कमिटि ताप्लेजुङका अध्यक्ष एबं संविधान सभा सदस्य भुपेन्द्र थेवे अस्पताल भर्ना भएका छन ।

RadioTaplajung

२२ महिने शिशुको हर्नियाको शल्यक्रिया गरियो

  पाँचथर ।   पाँचथरमा पहिलो पटक एक शिशुको हर्नियाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । फालेलुङ गाउँपालिका ७ का २२ महिने शिशुको जिल्ला सदरमुकाम

RadioTaplajung

डेंगु परीक्षण गर्ने किट सरकारसँग छैन,संक्रमण उच्च जोखिममा 

काठमाडौं,असोज ५ गते । नेपालमा डेंगु संक्रमणले महामारीको रुप लिँदा सरकारसँग भने अहिले डेंगु परीक्षण गर्ने किट सकिन लागेको छ।  स्वास्थ्य तथा