ताजा खबर

द्विपक्षीय बैठकमा ओलीको जिज्ञासा: किन कार्यान्वयन हुँदैनन् आश्वासन ?

RadioTaplajung

द्विपक्षीय बैठकमा ओलीको जिज्ञासा: किन कार्यान्वयन हुँदैनन् आश्वासन ?
चैत्र २७ । प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसहितको दुईपक्षीय बैठकमा जिज्ञासा राखे, ‘हतारिएर यो गर्छु र त्यो गर्छु भन्नुहुन्छ, व्यवहारमा उतार्नु हुन्न । आश्वासन दिएका विषय कार्यान्वयन गर्नु पर्दैन ?

बैठकका एक सहभागीका अनुसार सुरुमा प्रधानमन्त्री ओलीले आफू ‘कूटनीतिमा अब्बल नरहेको’ भन्दै सीधा कुरा राख्न इच्छा व्यक्त गरेका थिए । प्रधानमन्त्री मोदीले खुलेर अनौपचारिक ढंगले धारणा राख्न आग्रह गरेपछि उनले उदाहरणसहित विषयहरू प्रस्तुत गरे ।

तीनदिने राजकीय भ्रमणका क्रममा भएको उच्चस्तरीय बैठकमा प्रधानमन्त्रीले भारतका तर्फबाट विकास आयोजनामा भएका लापरबाही, अस्पष्टता एवं अलमलबारे प्रस्ट पारेका थिए । बैठकका सहभागीका अनुसार नेपालमा दिगो सरकार नहुँदा कतिपय समस्या परेको भारतीय पक्षको भनाइको खण्डन गर्दै ओलीले भने, ‘समस्या दिगो सरकारको होइन, हाम्रो सोचको हो ।’ उनले थपे, ‘नेपालमा बलियो सरकार बनेको छ । लामो समयपछि राजनीतिक स्थायित्वको चरणमा हामी छौं । अब नेपालतर्फबाट कुनै पनि समस्या पर्दैन । भारतले पनि आफ्ना दृढता पूरा गर्न सक्नुपर्छ । बोलेर मात्र हुँदैन, व्यवहारमा उतार्नु आवश्यक छ ।’

प्रत्युत्तरमा भारतीय प्रधानमन्त्री मोदीले ‘कमीकमजोरी सच्याउने र आगामी दिनमा दुईपक्षीय सम्बन्धका कुनै पनि विषयलाई दुर्घटनाको संघारमा नपुर्‍याउने नीति अख्तियार गर्ने’ विश्वास दिलाएका थिए । उनले विकास परियोजनामा नेपालले पनि अलमल नगरी समस्या देखिएमा तत्काल सम्बोधन गर्न सक्नुपर्ने सुझाव दिएका थिए ।

नेपालमा भारतविरोधी धारणा विकास हुनुको प्रमुख कारणबारे समेत खुलेर छलफल भएको थियो । भ्रमण टोलीमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि भारतसँग खुला छलफल भएको बताए । ओलीले नेपालमा राजनीतिक अस्थिरताको कारण देखाउन पाए पनि त्यो छुट अब नभएको समेत बताएका थिए । ‘त्यही परिस्थितिमा अन्य मित्रराष्ट्रले निर्धारित समयभन्दा अघि नै काम सक्नु तर भारतले नसक्नुका कारण प्रधानमन्त्री मोदीले मातहतमा खोज्नुपर्ने प्रधानमन्त्रीले बताउनुभयो,’ बैठकका अर्का एक सहभागीले सुनाए ।

ओलीले इन्डिया फाउन्डेसनको नागरिक अभिनन्दनपछि दिएको मन्तव्यमा पनि भनेका थिए, ‘जे गर्न सक्ने हो त्यही मात्र गर्छु भनौं, अन्य विषयमा नअलमलिऔं । गर्न नसक्ने विषय गर्छौं भनेर अघि नबढौं ।’ उनले आफू कूटनीतिमा अनभिज्ञ रहेको त्यहाँ पनि प्रसंग उठाए । ‘म एक पटक गृहमन्त्री भएँ, तर छोटो समय । अर्को पटक परराष्ट्रमन्त्री, त्यो पनि निकै छोटो समय । अनि परराष्ट्रमन्त्रीबाट बिदा भएपछि मलाई अरूले सुनाए– तपाईं कूटनीतिज्ञ होइन रहेछ । त्यसपछि थाहा भयो, म कूटनीति जान्दिनँ । तर मनमा लागेको खुलस्त भन्छु । अहिले पनि मलाई लागेको विषय स्पष्ट भनेको छु ।’

एक सहभागीका अनुसार द्विपक्षीय बैठकमा ओलीले भने, ‘सम्बन्ध बारबरीमा हुन्छ । सन्धि–सम्झौताभन्दा माथि मित्रता हो । सडक बनाउँछु भन्ने तर सबै तय गरिदिँदा पनि कामै नगर्ने रु त्यसमा संलग्न नेपाली पक्षका सदस्यलाई भारतीय पक्षले प्रभावमा पार्ने र लामो समयसम्म काम अघि नबढाउँदा भारतलाई नेपालीले कसरी बुझ्छन् रु’

उनले सशस्त्र प्रहरीको एकेडेमी चीनले निर्धारित समयभन्दा ६ महिनाअघि पूरा गरेको तर भारतले बनाउने भनेको एकेडेमी कुरा मात्रै भएको मोदीसमक्ष बताएका थिए । मोदीले सहमति भएर काम अघि नबढेका परियोजनाबारे आफैंले तत्काल अध्ययन गर्ने विश्वास दिलाएका थिए । संयुक्त पत्रकार सम्मेलनमा पनि मोदीले भनेका थिए, ‘आपसी सम्बन्ध र विभिन्न परियोजनाबारे म गम्भीर भएको छु ।’

अत्यन्त अनौपचारिक ढंगले प्रस्तुत भएका प्रधानमन्त्री ओलीले एक प्रसंगमा भारतीय पक्षसमक्ष जिज्ञासा राखे, ‘तपाईंहरू दिनको ९० किलोमिटर सडक बनाउन सक्नुहुन्छ होइन रु’ भारतीय पक्षबाट उत्तर आयो, ‘९० त होइन, हामी अहिले २६ देखि ३० किमिसम्म राजमार्ग बनाइरहेका छौं, यो बढ्छ ।’ ओलीले तुरुन्त सोधे, ‘उसो भए किन त नेपालतर्फ भने यस्तो अलमल रुयस्ता विषयले जनतालाई सीधा छुन्छन् ।’

प्रधानमन्त्रीले खुला रूपमा कुरा राखेकामा दुवै देशका कूटनीतिक अधिकारीहरू प्रसन्न देखिएका थिए । ‘हामी कर्मचारीलाई सबै तहमा भन्ने अधिकार छैन, राजनीतिज्ञले भन्दा राम्रो पनि हुन्छ,’ परराष्ट्रका एक अधिकारीले भने, ‘वास्तविकतामा अडेर छलफल हुँदा सम्बन्धमा सहजता आउँछ ।’

प्रधानमन्त्री ओलीको स्पष्ट शैलीकै कारण १२ बुँदे संयुक्त वक्तव्य र त्यसभित्रका तीन सहमति जलमार्ग, रेलमार्ग र कृषिका कामको आरम्भ गर्ने समयसीमा तोकिएको थियो । शुक्रबार एक्लाएक्लै र शनिबार दुई चरणमा ९सानो र ठूलो समूहमा० दुई देशका प्रतिनिधिमण्डलबीच छलफल भएको थियो ।
स्रोतः ई कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा

RadioTaplajung

माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट

  फागुन ४ गते । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले

RadioTaplajung

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय   फागुन ४ गते ।बालुुवाटारको बहुुचर्चित ललिता निवास प्रकरणमा नेताहरुले सफाइ पाएका छन्