ताप्लेजुङ नेत्रज्योती संघमा पुरानै अनुहार

SITENAME

 

आनन्द गौतम
रेडियो ताप्लेजुङ – नेपाल नेत्रज्योती संघ ताप्लेजुङको नवौ जिल्ला अधिबेसनले पुरानै कार्यसमितिलाई निरन्तरता दिएको छ । डिचेन डोङगला आखा उपचार केन्द्रको भवनमा आज सम्पत्र अधिबेसनले मुत्तिराज पौडेलको सभापतित्वमा राजकुमार गुरुङ, डिल्लीरमण पैडेल, युवराज गिरी, गंगादेवी गुरुङ, लक्ष्मी वनेम र वाङगे शेर्पालाई सदस्यमा चयन गरेको हो । यस्तै मात्रिका प्रसाद नेपाल, शंकर श्रेष्ठ, खगेन्द्र अधिकारी, खगेन्द्र नेपाली, सुरेश सिंघक र अर्जुन कार्किलाई सदस्यमा चयन गरेको छ । यी सबै पुरानै अनुहार हुन ।

बिधानत अवको पहिलो बैठकले पदाधिकारी चयन गर्नेछभने सभापती र कार्यसमितिले पाचजना सदस्य मनोनयन गर्नेछ । कार्यसमिति चयनअघि आयोजीत उद्धघाटन कार्यक्रममा जिल्ला समन्वय समिति, फुङलिङ नगरपालिकाका प्रमुख, नेत्रज्योतीसंघका केन्द्रिय प्रतिनिधिले शुभकामना ब्यत्त गरेका थीए ।

निर्बाचीतपौडेलले आफुले एक कार्यकालमा सिकाई हासिल गरेको र अवको अवधी सेवालाइ थप प्रभावकारी वनाउन लगानीगर्ने प्रतिवद्धता जनाएका छन । संघिय संरचना अनुसार बनेको स्थानीयतहमा आखाको सुविधा पुर्याउन र ताप्लेजुङका प्रत्येक नागरिकलाइ आखाको समस्या हुन नदिन प्रभावकारी कामगर्ने पौडेलको दावी रहेको छ । यस्कालागी स्थानिय तहसग समन्वय र सहकार्य गरेर कामगर्ने पौडेलको जोड छ ।

नेत्रज्योती संघले प्रत्येक छ महिनामा मोतीबिन्दुको निशुल्क शल्यक्रिया, बिद्यालयमा पुगेर वालवालिकाका आखा परिक्षण गर्ने र आवष्यक परामर्स दिने काम गरिरहेको छ । ताप्लेजुङ र पाचथरका समेत बिभिन्न स्थानमा शिविर समेत सञ्चालन गरेको छ ।

नेत्रज्योती संघलेनै इटहरीमा आखा अस्पताल सञ्चालनमा ल्याएकाले अव थप प्रभावकारी कामहुने उपचार केन्द्रका इन्चार्ज काजी गुरुङ वताउनु हुन्छ । समितिले देखाएको बाटोका कर्मचारी हिड्ने भएकाले सक्षम समिति भए काममा प्रभावकारीता आउने कर्मचारीको बुझाईरहेको छ ।

प्रतिकृया दिनुहोस

ताप्लेजुङ जिल्ला अस्पताललाई ‘एचबिएवानसी एनलाइजर’ मेसिन प्रदान

ताप्लेजुङ जिल्ला अस्पताललाई ‘एचबिएवानसी एनलाइजर’ मेसिन प्रदान रेडियो ताप्लेजुङ,साउन १८ गते । शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको

SITENAME

सम्बन्धनको पर्खाइमा बीएण्डसी हस्पिटल

सम्बन्धनको पर्खाइमा बीएण्डसी हस्पिटल  साउन १६ गते । बिर्तामोडमा चार वर्षदेखि सञ्चालित पूर्वकै सुविधासम्पन्न बीएण्डसी हस्पिटल ‘मेडिकल कलेज’को

SITENAME

डाक्टर केसीपक्ष र सरकारी टोलीबीचको वार्ता निष्कर्षविहीन,अर्को वार्ता अनिश्चित

डाक्टर केसीपक्ष र सरकारी टोलीबीचको वार्ता निष्कर्षविहीन,अर्को वार्ता अनिश्चित  साउन ९ गते ।  सरकार र डाक्टर गोविन्द केसीपक्षबीच बुधबार भएको