ताजा खबर

डाक्टर केसीपक्ष र सरकारी टोलीबीचको वार्ता निष्कर्षविहीन,अर्को वार्ता अनिश्चित

RadioTaplajung

डाक्टर केसीपक्ष र सरकारी टोलीबीचको वार्ता निष्कर्षविहीन,अर्को वार्ता अनिश्चित
 साउन ९ गते ।  सरकार र डाक्टर गोविन्द केसीपक्षबीच बुधबार भएको वार्ता निश्कर्षविहीन भएको छ ।

शिक्षा मन्त्रालयमा झण्डै चार घण्टासम्मको वार्ता निष्कर्षविहिन भएको हो । शिक्षा मन्त्रालयमा २६ दिनदेखि खनसनरत डाक्टर गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीपक्षबीच भएको वार्त बुधबार पनि निष्कर्षविही भएको हो ।

मंगलबार दिउँसो पनि केसी पक्ष र सरकारी वार्ता टोलीबीच वार्ता भएको थियो । मंगलबारको वार्ता दुवै पक्षले सकारात्मक भएको बताएका थिए । तर बुधबारको वर्तामा सरकारी वार्ता टोलीको लचकता नदेखिएको केसीपक्षले आरोप लगाएका छन् । सरकारी वार्ता टोलीले  चिकित्सा शिक्षा विधेयक संसदीय प्रक्रियामा गइसकेकाले फिर्ता गर्न नमिल्ने र विधेयकमा संशोधन गर्न पनि हच्किएपछि वार्ता निष्कर्षविहीन भएको डा। केसी पक्षका वार्ता टोलीका संयोजक अभिषेकराज सिंहले जानकारी दिनुभयो ।

सुरुमा विधेयक संशोधन गर्न तयार देखिएको सरकारी वार्ता टोलीले डाक्टर केसी पक्षले बुझाएको संशोधनका बुँदापछि वार्तामा लचकता नदेखाएको केसी पक्षको आरोप छ । यसअघि दिउँसो २ बजेदेखि सुरु भएको वार्ता चार बजेपछि एक घण्टाका लागि स्थागित भएको थियो । त्यसपछि भएको वर्ता निष्कर्षविहीन भएको हो ।

तर सरकारी वार्ता टोलीले वार्ता सकारात्मक भएको र डाक्टर केसीका मुख्य मागमा सहमति नजिक पुगेको जनाएका छन् । वार्तामा डा। केसीका प्रतिनिधि र सरकारी वार्ताका टोलीका सदस्य सहभागी छन् । डा। केसीको तर्फबाट जीवन क्षेत्री, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल, अभिषेकराज सिंह र सुमित पाण्डे सहभागी हुनुहुन्छ ।

डाक्टर केसीको अवस्था अन्त्यन्तै कमजोर बनेकाले दुवै पक्षले आजै सहमति गर्ने योजनासहित वार्तामा बसेका थिए । सरकारले संसदमा दर्ता गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ मा रहेका प्रावधानहरू संशोधन गर्ने र डा। केसीका माग समेत समेट्ने जनाएको छ । डाक्टर केसी अनसनमा बसेको बुधबार २६ दिन भइसकेको छ । केसीको समर्थनमा आवासीय डाक्टरहरु पनि आन्दोलनमा छन् ।

डाक्टर नै आन्दोलनमा निस्कदा बिरामी मर्कामा परेका छन् । डाक्टर केसी पक्षले विज्ञप्ति निकाल्दै सरकारी पक्ष गैर जिम्मेवार र संवेदनविहीन भएर वार्तमा बसेका कारण वार्त सफल नभएको जनाएइएको छ ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

एमाले अध्यक्ष थेवेको आइसियुमा उपचार हुँदै 

ताप्लेजुङ – आश्विन १७ गते । आनन्द गौतम नेकपा एमाले जिल्ला कमिटि ताप्लेजुङका अध्यक्ष एबं संविधान सभा सदस्य भुपेन्द्र थेवे अस्पताल भर्ना भएका छन ।

RadioTaplajung

२२ महिने शिशुको हर्नियाको शल्यक्रिया गरियो

  पाँचथर ।   पाँचथरमा पहिलो पटक एक शिशुको हर्नियाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । फालेलुङ गाउँपालिका ७ का २२ महिने शिशुको जिल्ला सदरमुकाम

RadioTaplajung

डेंगु परीक्षण गर्ने किट सरकारसँग छैन,संक्रमण उच्च जोखिममा 

काठमाडौं,असोज ५ गते । नेपालमा डेंगु संक्रमणले महामारीको रुप लिँदा सरकारसँग भने अहिले डेंगु परीक्षण गर्ने किट सकिन लागेको छ।  स्वास्थ्य तथा