ताजा खबर

अरूलाई फकाउँदै कांग्रेस

RadioTaplajung

अरूलाई फकाउँदै कांग्रेस
साउन ५ गते । सरकार स्वेच्छाचारी बनेको भन्दै आन्दोलन थालेको प्रमुख प्रतिपक्ष कांग्रेसले राष्ट्रिय जनता पार्टी राजपा र नयाँ शक्ति पार्टीलाई पनि सामेल गराउन पहल थालेको छ । सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले बिहीबार राजपा र नयाँ शक्ति पार्टीका नेताहरूसँग छलफल गरे ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संवाद जारी रहेकाले ठोस निष्कर्षमा पुगिनसकिएको बताए । छलफलमा सभापति देउवाले डा। गोविन्द केसीसँगको मुद्दा मात्रै नभएर सरकार अधिनायकवादीे बाटोमा जान थालेकाले संयुक्त आन्दोलनको आवश्यकता औंल्याएका थिए । छलफलमा सहभागी एक नेताका अनुसार देउवाले सरकार प्रतिपक्षी र नागरिकको आवाजलाई पेलेरै जान अग्रसर भएको भन्दै आन्दोलन प्रस्ताव गरेका थिए ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले केसीको जीवनरक्षा र उनका माग सम्बोधनका लागि संसद्भित्र प्रभावकारी भूमिका निर्वाह गर्न राजपा र नयाँ शक्तिका नेताहरूसँग कुराकानी भएको बताए ।

‘केसीको जीवनरक्षा र उनले उठाएका माग सम्बोधनका लागि सरकारलाई दबाब दिने दिशामा हामीबीच कुनै विवाद छैन,’ राजपा नेता महतोले थपे, ‘तर कांग्रेस नेताहरूले सरकार अधिनायकवादी बाटोमा जान थालेकाले त्यसविरुद्ध आन्दोलन गरौं भनी प्रस्ताव राख्नुभएको छ । त्यसका लागि हाम्रा पनि मुद्दा छन् । सबै विषयमा छलफल गरी साझा मुद्दा बन्न सके सँगै जान सकिन्छ ।’ देउवा र राजपा नेताहरूले शुक्रबार अनशनरत डा। केसीलाई छुट्टाछुट्टै भेटी स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए ।
स्रोतःई कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा

RadioTaplajung

माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट

  फागुन ४ गते । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले

RadioTaplajung

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय   फागुन ४ गते ।बालुुवाटारको बहुुचर्चित ललिता निवास प्रकरणमा नेताहरुले सफाइ पाएका छन्