ताजा खबर

नेपाली क्रिकेट टोलीले आज प्रतिष्ठित क्लब ह्याम्पशायर हग्ससँग अभ्यास खेल खेल्ने

RadioTaplajung

नेपाली क्रिकेट टोलीले आज प्रतिष्ठित क्लब ह्याम्पशायर हग्ससँग अभ्यास खेल खेल्ने
 साउन ५ गते । इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजका लागि बेलायतमा रहेको नेपाली क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ ।

नेपालले आज इंग्ल्यान्डको स्थानीय क्लब ह्याम्पशायर हग्ससँग पहिलो अभ्यास खेल खेल्ने छ । खेल नेपाली समय अनुसार साँझ करिब ५ बजेबाट सुरु हुनेछ । ५० ओभरको खेल साउथह्याम्पटनस्थित व्हिली टाउन रोडमा हुनेछ ।

ह्याम्पशायर बेलायतको पुरानो क्रिकेट क्लब हो । सन् १८८७ मा स्थापना भएको यो क्रिकेट क्लबका ४ सयभन्दा बढी सदस्य रहेका छन् । यसले विभिन्न समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिमहरुसँग खेलिरहेको हुन्छ । खासगरी मेरिलिबोन क्रिकेट क्लब ९एमसिसी०, आई जिंगारी, फ्री फरेस्टर तथा अन्तर्राष्ट्रिय भ्रमणमा रहेका विभिन्न टोलीसँग ह्याम्पशायर हग्सले मैत्रीपूर्ण खेल खेल्दै आएको छ ।

यस्तै नेपालले दोस्रो अभ्यास खेल जुलाई २३ मा सेन्ट क्रससँग टी–ट्वेन्टी  खेल खेल्नेछ । यस्तै नेपालले जुलाई २५ मा इष्ट लन्डन ११ विरुद्ध ५० ओभरको खेल खेल्दा  जुलाई २६ मा इष्ट लन्डन शार्कसँग टी–ट्वेन्टी खेल खेल्नेछ ।

चार अभ्यास खेलपछि नेपालले क्रिकेटको मक्का मानिने इंग्ल्यान्डको लड्र्समा जुलाई अन्तिम साता हुने त्रिकोणात्मक टी–ट्वेन्टी सिरिज खेल्ने छ ।
नेपाल, नेदरल्याण्ड्स र मेरिलिबोन क्रिकेट क्लब एमसिसी बीच लड्र्समा हुने त्रिकोणात्मक सिरिज जुलाई २९ मा हुनेछ ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा