ताजा खबर

ताप्लेजुङ जिल्ला अदालतद्धारा आर्थिक वर्ष २०७४/०७५ मा ८० प्रतिशत मुद्धा फर्छौट

RadioTaplajung

ताप्लेजुङ जिल्ला अदालतद्धारा आर्थिक वर्ष २०७४/०७५ मा ८० प्रतिशत मुद्धा फर्छौट
देवराज गुरुङ,रेडियो ताप्लेजुङ साउन ४ गते । जिल्ला अदालतले आर्थिक वर्ष २०७४/०७५ मा ३ सय २२ वटा (८०.०५ प्रतिशत)मुद्धा फैसला गरेको छ । ७८ वटा बाँकी छ । आर्थिक वर्ष २०७३/०७४ बाट जिम्मेवारी सरि आएका १ सय ४८ वटा र आर्थिक वर्ष २०७४/०७५ मा नयाँ दर्ता भएका २ सय ४५ वटा,पुनरावेदनका ५ वटा र २ वटा रिटका गरि ४ सय मुद्धा दर्ताभएकामध्ये अब ७८ वटा मुद्धाको मात्र फैसला हुन बाँकी छ । जिल्ला न्यायधिस कृपासुर कार्कीले भने,“मुद्धा फर्छौट द्रुत गतिमा गरेका छौ । फैसला भएका केही मुद्धाको फैसाल साउन १५ गतेसम्म तयार गर्छौ ।” जिल्ला अदालतमा १८ महिना नाघेका २ वटा मुद्धा छन् । ती ठगी मुद्धा र करकाप संम्बन्धि छन् ।
यसैबीच फैसला कार्यान्वयन जरिवाना र कैदतर्फको लगत अन्तर्गत उठाउनुपर्ने ९५ लाख ११ हजार ८ सय ५० रुपैयाँमध्ये ११ लाख २२ हजार ९ सय ४ रुपैयाँ उठाइएको छ । ८३ लाख ८८ हजार ९ सय ४५ रुपैयाँ उठाउन बाँकी रहेको पाइएको छ । अदालतबाट फैसला पश्चात फरारलाई पक्राउ गर्ने सुरक्षाकर्मीलाई फरारले तिर्नुपर्ने रकमको प्रोत्साहन वापत २५ प्रतिशत प्रोत्साहन दिने प्रावधान छ ।
आर्थिक वर्ष २०७४/०७५ मा ३ वटा फरक प्रकृतीका मुद्धाहरु फैसला भएका छन् । पत्नीविरुद्ध दायर भएको अंश मुद्धा,जातिय छुवाछुत मुद्धा र वैवाहिक बलात्कार मुद्धाको फैसला भएको न्यायधिस कार्कीले बताए ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक