ताजा खबर

‘सुश्री सम्पत्ति’को ‘हुकुम’मा यसरी सजिए कलाकार

RadioTaplajung

‘सुश्री सम्पत्ति’को ‘हुकुम’मा यसरी सजिए कलाकार
 साउन ४ गते । पछिल्लो समय सिनेमाको कथासँगै सिनेमाको गीतलाई पनि निकै ध्यानदिने गरिन्छ ।  सिनेमाको प्रचार प्रसारको लागि गीतले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले पनि सिनेमाको गीत निर्माणमा निर्माण पक्षले मिहिनेत गर्ने गरेको छ ।
यस्तै मिहिनेत हालै मात्र भाद्र २२ मा प्रदर्शनमाआउने चलचित्र ’सुश्री सम्पति’को गीतको छायांकनमा पनि देखियो ।
सुश्री सम्पत्तिमा समावेश ’हुकुम’ बोलको गीतमा पनि निर्माण पक्षले फरकपन ल्याउने कोशिश गरेको देखिएको छ ।
‘हुकुम’मा पाटन दरबार वरिपरिका दृश्यहरु समेटिएको छ । यस गीतमा दरबारमा भारदारहरुसँगको नाच र रमाइलो प्रस्तुत गरिएको छ भने पोशाक पनि त्यहि अनुरुप तयार पारिएको छ । यस गीतमा कलाकार सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने बाहेक झन्डै ८० भन्दा बढी कोरस प्रयोग भएका छन् ।

गम्भीर बिस्टको कोरियोग्राफी रहेको यस गीतमा सुरेश अधिकारीको शब्द र संगीत रहेको छ भने  बिशाल राई र मेलिना राइको आवाज रहेको छ ।

गीतलाई शिवराम श्रेष्ठले छायाँकन गरेका छन् तर सिनेमाको छायाकंन भने अर्जुन तिवारीले गरेकाहुन् ।

रङ पत्रकार सुव्रतआचार्यको निर्देशनमा तयार भएको सिनेमामा सलोन बस्नेत, सारा सीपाईली, विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजारामपौडेल, विशारद बस्नेत, सुनिताश्रेष्ठ ठकुरी, सन्तोष खनाललगायतकाकलाकारहरुको अभिनय रहेकोछ भने अभिनेत्री प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् ।

रमेश त्वयना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’को कथा निर्देशक सुव्रतले नै लेखेकाहुन् ।

अभिमन्यू निरवी र निर्देशक आचार्यको सम्वाद रहने यस सिनेमालाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् ।

स्रोतःउज्यालो र गफगाफ डट कमको सहकार्य

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण