ताजा खबर

टर्कीमा संकटकाल हट्यो, झन्डै पचास हजार व्यक्ति अझै थुनामा

RadioTaplajung

टर्कीमा संकटकाल हट्यो, झन्डै पचास हजार व्यक्ति अझै थुनामा
साउन ४ गते । टर्की सरकारले विगत दुई बर्षदेखि मुलुकभर जारी संकटकालीन अवस्था अन्त्यको घोषण गरेको छ ।
राष्ट्रपति रिसेप तैयप अर्दोआन राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि संकटकालीन अवस्था अन्त्यको घोषणा गरिएको हो ।

यद्यपि सरकारले तीनदेखि सात महिनाको समीक्षापछि फेरी संकटकालीन अवस्था लगाउने या नलगाउने भन्ने बारेमा निर्णय लिइने पनि जनाएको छ ।

संकटकालीन अवस्थाको दौरान एक लाख भन्दा बढि व्यक्तिहरुलाई  जागिरबाट पनि बर्खास्त गरिएको थियो ।

अहिले पनि झण्डै पचास हजार व्यक्ति थुनामा रहेको  अन्तर्राष्ट्रि संस्थाहरुले बताएका छन् ।

थुनामा रहेका व्यक्तिहरुलाई अमेरिकामा निर्वासित इस्लामिक नेता फतेउल्लाहा गुलेनको समर्थक रहेको आरोप लगाइएको छ ।

सन् २०१६ मा भएको एक असफल सैन्य विद्रोहमा संसदलाई कब्जा गर्ने प्रयास गरिएको थियो ।

त्यसक्रममा झण्डै २ सय ५० भन्दा बढि व्यक्तिको मृत्यु भएको थियो ।

चुनावी दौरानको क्रममा विपक्षी उमेद्वारहरुले पनि संकटकालीन अबस्थाको अन्त्य गर्ने विषयलाई मुद्दा बनाएका थिए ।९एजेन्सी०

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल