ताजा खबर

‘साली कस्को भेनाको’मा रोमान्टिक मरिष्का र देव

RadioTaplajung

‘साली कस्को भेनाको’मा रोमान्टिक मरिष्का र देव
असार ३२ गते । चलचित्र ‘साली कस्को भेनाको’को रोमान्टिक गीत रिलिज गरिएको छ । ‘माया तिमीलाई’ बोलको गीत काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरियो ।

सुरज सिंह ठकुरीको शब्द तथा संगीत समावेश गीतमा सुरज र आकांक्षा बस्यालको स्वर छ । गम्भिर बिष्टले कोरियोग्राफी गरेको गीतमा चलचित्रमा मुख्य कलाकार मरिष्का पोखरेल र देव सागरको अभिनय रहेको छ ।

यो चलचित्रमा कलाकार विल्सन विक्रम राई भेनाको भूमिकामा देखिएका छन् । उनको साथमा चलचित्रमा वुद्दि तामाङ, मरिष्का पोखरेल, रजनी गुरुङ, सुष्मा कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रसाद श्रेष्ठको प्रस्तुतिमा तयार भएको चलचित्रलाई भद्र भुजेलले निर्देशन गरेका हुन् । चलचित्रमा रामप्रसाद श्रेष्ठ, सुशिल गोपाल न्याछ्यो, काजिमान श्रेष्ठ, कमला भट्टराई र मुक्ति अधिकारीको लगानी छ । कमेडी जनरामा रमाइलो चलचित्र बनेको भन्दै यसका कलाकारले दर्शकले मन पराउने विश्वास व्यक्त गरे ।
स्रोतःअनलाइनखबर डटकम

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण