ताजा खबर

पाथीभरा याङवरक गाउपालिकाले आगामी आर्थीक बर्ष २०७५/७६ को बार्षिक नीति तथा कार्यक्रम र वजेट पारित

रेडियो ताप्लेजुङ /ताप्लेजुङको पाथीभरा याङवरक गाउपालिकाले आगामी आर्थीक बर्ष २०७५/७६ को बार्षिक नीति तथा कार्यक्रम र वजेट पारित गरेको छ ।
 गाउपालिका उपाध्यक्ष रनमाया गुरुङले पेस गरेको चालू  र पूजीगत तर्फको गरी ३१ करोड २४ लाख २६ हजारको वजेट पारित गरेको हो । गाउपालिकाले शिक्षा शाखा तर्फ आइसीटी सहितको शैक्षिक सूचना केन्द्र स्थापना, आधारभूत तहको तलब भत्ता र प्रशासनिक खर्च, माध्यमिक तहको तलब भत्ता र प्रशासनिक खर्च,विद्यालय क्षेत्र विकास कार्यक्रम नगद, विद्यालय क्षेत्र विकास कार्यक्रम सोध भर्ना,विद्यालय क्षेत्र विकास कार्यक्रम सोध भर्ना क्रृण समेतका लागि ८ करोड ५३ लाख ५१ हजार, स्वास्थ्य शाखा तर्फका १ करोड ६८ लाख ६२ हजार बजेटको व्यवस्था गरेको छ । समाज कल्याणका लागि ७ लाख ६५ हजार, युवा तथा
खेलकुद कार्यक्रम राष्ट्रपति रनिङशिल्डका लागि एक लाख खानेपानी तथा सरसफाई तर्फ वातावरण सरसफाई लगायतमा वजेट बिनियोजन गरिएको छ । गाउपालिकाले कर्मचारीहरुको तलब भत्ता, विजुली तथा संचार महसुल, घर भाडा अनुगमन मूल्यांकन जस्ता प्रयोजनका लागि ४ करोड ४१ लाख ८१ हजार बिनियोजन गरेको छ । गाउपालिकाका प्रत्येक वडामा बिद्युत बिस्तार गर्न तार खरिदमा वडावाट अनुदान दिने, दुध उत्पादनकालागी गाईपालनलाइ प्रोत्साहन तथा अनुदान दिने
ब्यवस्था गाउपालिकाले गरेको छ ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक