ताजा खबर

टर्कीका राष्ट्रपति अर्दोगानले शपथ लगत्तै ज्वाँईलाई बनाए मन्त्री

RadioTaplajung

टर्कीका राष्ट्रपति अर्दोगानले शपथ लगत्तै ज्वाँईलाई बनाए मन्त्री
असार २६ गते । टर्कीमा रिसेप तैयप अर्दोगानले राष्ट्रपतिको शपथ लिए लगत्तै आफ्ना ज्वाई वेरात अल्बायराकलाई वित्त मन्त्री नियुक्त गरेका छन् ।

अल्बायराकले यस अघि उर्जा मन्त्रालय सम्हालेका थिए । यस्तै राष्ट्रपति अर्दोगानले सैन्य प्रमुख हुलुसी अकरलाई रक्षा मन्त्री नियुक्त गरेका छन् ।

गत महिना राष्ट्रपतिमा पुन निर्वाचित अर्दोगानले नयाँ शक्तिसहित मुलुकलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

तर विपक्षीहरुले भने शक्तिशाली कार्यकारीको नयाँ भूमिकाबाट मुलुकको प्रजातन्त्र ध्वस्त हुने आशंका व्यक्त गरेका छन् ।

दुई वर्ष अघिको असफल कू पछि राष्ट्रपति अर्दोगान सरकारले हजारौं मानिसलाई कारवाही गरिसकेको छ ।

त्यसपछि आपतकालीन कानुन लागु गरेर सञ्चार माध्यम र विपक्षीलाई नियन्त्रण गरिएको छ ।

गत महिना मात्र अर्दोगान ५३ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

उनले अभिव्यक्तिको ध्रुवीकरण, विपक्षीमाथि दमन र करिब १ लाख ६० हजार मानिसलाई जेलमा राख्ने जस्ता काम गरेका छन् ।

गत वर्षको जनमत संग्रहले विवादास्पद संवैधानिक परिवर्तनलाई अनुमोदन गरेपछि टर्कीमा संसदलाई कमजोर बनाइएको छ भने प्रधानमन्त्री पद नै हटाइ राष्ट्रपतिलाई अति शक्तिशाली बनाइएको छ ।

राष्ट्रपतिलाई मन्त्री, उपराष्ट्रपतिको नियुक्ति र कानुनी प्रणालीमा समेत दखल दिने शक्ति प्रदान गरिएको छ ।९एजेन्सी०

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल