विश्वकप सेमिफाइनलःबेल्जियम र फ्रान्स भिड्दै

SITENAME

विश्वकप सेमिफाइनलःबेल्जियम र फ्रान्स भिड्दै
असार २६ गते । रसियामा जारी विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेल मंगलबार हुने छ। पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियम आमने सामने हुनेछन्। खेल नेपाली समय अनुसार मंगलबार राति पौने १२ वजे सेन्ट पिटर्सवर्ग रंगशालामा हुनेछ। क्वाटरफाइनलमा बेल्जियमले ब्राजिललाई पराजित गर्दा फ्रान्सले उरुग्वेको चुनौती पन्छाउँदै अन्तिम चारमा स्थान पक्का गरेको थियो। मंगलबार हुने सेमिफाइनल जित्दै फ्रान्स १२ वर्षपछि विश्वकप फुटबलको फाइनलमा पुग्ने लक्ष्यमा छ। एक पटकको उपाधि विजेता फ्रान्स पछिल्लो पटक सन् २००६ को विश्वकपमा फाइनल पुगेको थियो। उता, उत्कृष्ट लयमा रहेको बेल्जियम फ्रान्सलाई हराउँदै पहिलोपटक फाइनल पुग्ने लक्ष्यमा छ। सन् १९८६ मा चौथो स्थान हासिल गर्नुनै बेल्जियमको विश्वकपमा अहिलेसम्मको उत्कृष्ट नतिजा हो। एडिन हाजार्ड, रोमेलु लुकाकु, केभिन डे ब्रायना जस्ता विश्व फुटबलका स्टार खेलाडीहरुले भरिएको अहिलेको टोलीलाई बेल्जियन फुटबल इतिहासको सुनौलो पुस्ताको रुपमा हेरिएको छ। यी दुई टोली अहिलेसम्म ७३ पटक आमने सामने भएका छन्। जसमा बेल्ज्यिम ३० पटक विजयी भएको छ भने फ्रान्स २४ पटक विजयी भएको छ। १९ खेल बराबरीमा टुंगिएका छन्। दुबै टोली उत्कृष्ट फर्ममा रहेका छन् । पछिल्लो २४ खेलमा अपराजित टोली बेल्जियम रुसमा जारी विश्वकप फुटबलका सबै खेल जित्ने एक मात्र टोली हो। फ्रान्सले भने एक खेलमा बराबरी गरेको छ । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा बुधबार इङ्ल्यान्ड र क्रोएसिया आमनेसामने हुनेछन्। इङ्ल्यान्डले क्वाटरफाइनलमा स्विडेनको चुनौती पन्छाउँदा क्रोएसियाले आयोजक रुसलाई हराँउदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो।
स्रोतःथाहाखबर

प्रतिकृया दिनुहोस
SITENAME

नेपाली क्रिकेट टोलीले आज प्रतिष्ठित क्लब ह्याम्पशायर हग्ससँग अभ्यास खेल खेल्ने

नेपाली क्रिकेट टोलीले आज प्रतिष्ठित क्लब ह्याम्पशायर हग्ससँग अभ्यास खेल खेल्ने  साउन ५ गते । इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक

SITENAME

हाजार्ड र कोट्वालाई भित्र्याउने तयारीमा रियल मड्रिड

हाजार्ड र कोट्वालाई भित्र्याउने तयारीमा रियल मड्रिड साउन ४ गते । स्पेनिस क्लब रियल मड्रिडले चेल्सीका गोलरक्षक थिबाउट कोट्वा र प्लेमेकर इडेन हाजार्ड

SITENAME

विश्वकप फुटबल २०१८

 विश्वकप फुटबल २०१८  असार ३२ गते । विश्व फुटबलको कुम्भमेला विश्वकप फुटबलको २१औँ संस्करण फ्रान्स च्याम्पियन भएसँगै आइतबार रुसमा सम्पन्न भएको छ । अब