ताजा खबर

कान्छी हे कान्छीुको अमेरिकामा रेकर्डिङ, नेपालमा सुटिङ

RadioTaplajung

कान्छी हे कान्छीुको अमेरिकामा रेकर्डिङ, नेपालमा सुटिङ

चैत २६ । किशन रेग्मी र श्रुति योगीले आवाज दिएको प्रलाद रिजालको गीत ञकान्छी हे कान्छीुको सुटिङ सकिएको छ । सिल्पा पोख्रेल र पृथ्वीराज प्रसाईले फिचरिङ गरेको म्युजिक भिडियोलाई उत्सव दाहालले खिचेका हुन् ।

सुरेन्द्र बस्यालको कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियोलाई प्रकास धितालले निर्देशन गरेका छन्। अमेरिकामा बसोबास गर्दै आएका रेग्मीले अमेरिकाको टेक्सासमै हेमन्त श्रेष्ठद्वारा सञ्चालित   रेकर्डिङ्ग स्टुडियोमा गीत रेकर्ड गरेका हुन् भने योगीले नेपालमै रेकर्ड गरेको म्युजिक भिडियोका निर्माता उद्धव सिलवालले बताए। सिलवालले भने ुकिसनको यो पहिलो गीत भए पनि उहाँले सय प्रतिशत नै दिनुभएको छ ।ु यस डोयट गीतलाई शिशिर योगीकी छोरी श्रृतिको आवाजले पनि न्याय दिएको छ।

धेरै दिनको अभ्यासपछि ललितपुरको गोदावरीमा सुटिङ गरिएको गीत ञसबैले रूचाउनेु निर्माण पक्षको विश्वास छ । यति बेलाका अत्यन्तै व्यस्त निशान घिमिरेले सम्पादक गर्ने भनिएको गीतको भिडियो वैशाख ७ गते बजारमा आउने बताइएको छ। गीतको भिडियो यू एस मिडिया नेटवर्कबाट रिलिजमा गरिनेछ।


स्रोतः उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण