देशभर मनसुनी प्रभाव, मध्य र पश्चिममा ठूलो वर्षा हुने

SITENAME

देशभर मनसुनी प्रभाव, मध्य र पश्चिममा ठूलो वर्षा हुने
 असार २६ गते । आज पनि  देशका धेरै ठाउँमा पानी परिरहेको छ । आज मध्य र पश्चिमको एक दुई ठाउँमा भने ठूलो पानी पर्ने संभावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

शाखाका मौसमविद् वरुण पौडेलका अनुसार मनसुन सक्रिय भएकाले आज हिजो अस्तिको भन्दा धेरै पानी पर्नेछ । मनसुन सक्रिय भएकाले अस्तिदेखि नै केहीबेर रोकिँदै पानी परिरहेको छ । मौसम एकैछिन खुलेपनि फेरि बदली भइ पानी पर्ने उहाँको अनुमान छ ।

सामान्यतया मनसुनमा बिहान मौसम खुलेपनि दिउँसोपछि बदली भइ बेलुकीदेखि पानी पर्ने उहाँको भनाई छ । यस्तै नजिकै पानी पर्दा अर्को ठाउँमा नपरेको पनि छ । गएको २४ घण्टामा लुम्लेमा १ सय ९ दशमलव ८ मिलिमिटर पानी परेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै आज दोलखा, सिन्धुपाल्चोक, रसूवा, धादिङ, गोरखा, लम्जुङ, तनहुँ, कास्की, दैलेख, डोटी र डडेलधुरा हुँदै बग्ने खोला र नदीमा ठूलो बाढी आउँने संभावना भएकाले आसपासका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । यसैगरी भिरालो जमिन र यसअघि पहिरो गएको ठाउँमा पनि सावधानी अपनाउन शाखाले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

आलेख सगरमाथाको उचाइ मापनमा दुई टोली सक्रिय

आलेख सगरमाथाको उचाइ मापनमा दुई टोली सक्रिय साउन ५ गते । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरिरहेको नापी टोलीले सिरहाको मदारदेखि

SITENAME

एम्बुलेन्स चालक पनि मापसे कारबाहीमा !

एम्बुलेन्स चालक पनि मापसे कारबाहीमा !  साउन ५ गते । जाँडरक्सी खाएर सवारीसाधन चलाउनु गलत काम हो । यो नबुझ्ने चालक कोही नहोला तर अनेकौ बहानामा चालकले

SITENAME

झडपमा घाइते भएका प्रहरीलाई थप उपचारका लागि काठमाडौं लगिँदै

झडपमा घाइते भएका प्रहरीलाई थप उपचारका लागि काठमाडौं लगिँदै  साउन ४ ।   जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं लैजाने क्रममा उहाँका