ताजा खबर

असार २३ गते खेल: इंग्ल्याण्डका कि स्विडेन ? के रुसले क्रोएसियालाई घर पठाउला ?

RadioTaplajung


असार २३ गते खेल: इंग्ल्याण्डका कि स्विडेन ? के  रुसले क्रोएसियालाई घर पठाउला ?
असार २३ गते । रुस विश्वकप २०१८ अन्तर्गत आज क्वाटर फाइनलका अन्तिम दुई खेल हुँदैछन् । साँझ पौने ८ बजे इंग्ल्याण्ड विरुद्ध स्विडेन र राति पौने १२ बजे रुस विरुद्ध क्रोएसिया भिड्दैछन्।
सन् १९९४ पछि पहिलो पटक सेमिफाइनमा स्थान बनाउने लक्ष्यका साथ शनिबारको खेलमा इंग्ल्याण्ड विरुद्ध मैदानमा उत्रदाँ स्विडेन आफ्नो बलियो रक्षापंक्तिलाई पहिलो हतियार बनाउने तयारीमा रहेको छ।

स्विडेनकालागि इंग्ल्याण्डलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्नुृ सहज भने पक्कै छैन । तर बलियो रक्षापंक्ति र समूह चरणमा गरेको उत्कृष्ट प्रदर्शनले टोलीलाई उर्जा थपेको छ । उसो त स्विडेनले इंग्ल्याण्ड विरुद्धको खेलमा सधै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। इंग्ल्याण्डसँगका पछिल्ला आठ खेलमा स्विडेनले केवल एक खेलमा मात्रै पराजय व्यहोरेको छ। फुटबलको इतिहाँसमा यी दुई टोली २३ पटक भिडेका छन् जसमा दुवै टोलीले समान ७÷७ खेल जितेका छन् भने ९ खेल बराबरीमा टुङ्गिएका छन्।

यता विश्वकपको नकआउट चरणमा भएका पेनाल्टी सुट आउटमा सँधैंै अभागी सावित हुँदै आएको इंग्ल्याण्ड यसपटकको विश्वकपमा भने भाग्यमानी सावित भएको थियो। उसले कोलम्बियालाई पेनाल्टी सुट आउटमा ४–३ ले पाखा लगाउँदै सन् १९९० पछि पहिलो पटक सेमिफाइनल पुग्ने सपनालाई कायमै राख्न सफल भएको थियो। सन् १९६६ को विश्वकप जितेको इंग्ल्याण्ड यसपटकको विश्वकप जित्दै समर्थकहरुका मुहारमा लामो समयदेखि देखिएको निरासालाई खुसीमा परिणत गर्ने तयारीमा रहेको छ।

श्निबारको खेलमा स्विडेनका भरपर्दा डिफेन्डर माइकल भने एक खेल निलम्बनमा परेका कारण टोलीमा समावेस हुनेछैनन्  ।

स्विडेन शिर्ष १६ को खेलमा स्विट्जरल्याण्डलाई पराजित गर्दै क्वार्टरफाइनल प्रवेस गरेको हो भने इंग्ल्याण्डले कोलम्बियालाई पेनाल्टी सुट आउटमा ४–३ ले पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको हो ।
यि दुई टोलीबीचको खेल शनिबार नेपाली समयअनुसार पौने ८ बजे सामरा स्थित सामरा रङ्गशालामा हुनेछ ।

दोस्रो खेलः रुस विरुद्ध क्रोयसिया
विश्वकपको इतिहासलाई फर्केर हेर्ने हो भने अधिकांश आयोजक राष्ट्रहरु माथी सम्म पुगेका छन् भने धेरैले विश्वकपको उपाधीनै उचालेका छन् । यस्तै सफलता खोज्दै अगाडी बढेको टोली हो रुस । फिफा विश्व वरियतामा १० औं स्थानमा रहेको स्पेनलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको रुसले समुह चरणमा समेत उत्कृष्ट प्रदर्शन गर्दै अगाडी बढेको थियो।

शनिबारकोे खेलमा आयोजक रुसलाई इतिहास रच्ने मौका समेत रहेको छ । क्रोएसियालाई पराजित गरेको खण्डमा रुस पहिलो पटक विश्वकपको सेमिफाइनल यात्रा तय गर्ने छ ।

आयोजक विरुद्धको खेलमा जित हात पार्दै सेमिफाइनलमा स्थान पक्का गर्न क्रोयसियालाई सहज भने पक्कै हुनेछैन । रुसलाई घरेलु मैदान र दर्शकको साथ रहनेछ । यस्तो अवस्थामा क्रोएसियाले सम्हालिएको प्रदर्शन गर्नुपर्ने हुन्छ । रुस विरुद्ध मैदान उत्रदाँ क्रोयसिया सन् १९९८ को सफलतालाई दोहर्याउने लक्ष्यमा हुनेछ । क्रोयसियाले सन् १९९८ पछि सेमिफाइनल यात्रा तय गर्न सकेको छैन । प्रतियोगितामा हालसम्म अपराजित रहेको क्रोयसियाले समुह चरणको खेलमा बलियो मानिएको अर्जेन्टिनालाई ३–० गोलले पराजित गर्दै आफु उत्कृष्ट लयमा रहेको प्रमाणित गरिसकेको छ ।
दवै टोलीले शिर्ष १६ को खेलमा पेनाल्टी सुट आउटमा जित हात पार्दै क्वार्टरफाइनल यात्रा तय गरेका हुन् । आयोजक रुसले स्पेनलाई ४–३ ले पराजित गरेको हो भने क्रोयसियाले डेनमार्कलाई ३–२ ले पराजित गरेको थियो। नेपाली समय अनुसार शनिबार राती पौने १२ बजे सोची स्थित फिस्ट रङ्गशालामा हुने यो खेल क्वार्टरफाइनल अन्तर्गतको अन्तिम खेल समेत हुनेछ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा