ताजा खबर

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफलाई भ्रष्टाचार मुद्दामा १० वर्ष कैद फैसला

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफलाई भ्रष्टाचार मुद्दामा १० वर्ष कैद फैसला
असार २३ गते । पाकिस्तानको भ्रष्टाचारविरोधी एक अदालतले त्यहाँका पूर्वप्रधानमन्त्री नवाज सरिफ र उनकी छोरी मरियम नवाजलाई भ्रष्टाचारी ठहर गरेको छ ।

शुक्रबार अदालतले नवाफ सरिफलाई १० वर्ष र मरियमलाई ७ वर्षको जेल सजाय हुने फैसलासमेत गरेको छ ।

यस्तै, मरियम नवाजका पति सफदरलाई पनि भ्रष्टाचारी ठहर गर्दै एक वर्षको जेल सजाय सुनाइएको छ ।

नवाज सरिफ र मरियमबाट क्रमशः ८० लाख पाउन्ड र २० लाख पाउन्ड जरिवाना असुल गर्न पनि अदालतले आदेश दिएको छ ।

पाकिस्तानमा आगामी २५ जुलाईमा हुन लागेको चुनावमा मरियम नवाज लाहोरबाट उम्मेदवार बनेकी छन् । अदालतको फैसलासँगै उनी चुनावी मैदानबाट स्वतः बाहिरिएकी छन् ।

उनीहरुविरुद्ध लन्डनमा सुविधासम्पन्न चारओटा अपार्टमेन्ट खरिदसम्बन्धी प्रकरणमा मुद्दा दायर गरिएको थियो । ९ महिनासम्म चलेको बहसपछि अदालतको यो फैसला आएको हो ।

नवाज सरिफले आफूविरुद्धको फैसला कार्यान्वयनलाई सात दिन पर सार्न अपिल गरेकामा अदालतले अस्वीकार गरेको छ । एजेन्सी

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल