ताजा खबर

टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो, १२ जना घाइते

RadioTaplajung

टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो, १२ जना घाइते
असार २३ गते । उपल्लो मुस्ताङको लो घ्याकर दामोदर कुण्ड गाउँपालिका-३ मा पर्ने स्याङ्बोचेमा मजदुर बोकेको टिपर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ । उद्धारका क्रममा रोल्पाका मौसम घर्ती र दाङका गुरूदत्त थापाको मृत्यु भएसँगै मृतकको संख्या बढेको हो । १२ जना घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु हुने अन्यमा दाङका बालकुमार घर्ती, सुवेर चौधारी, कविता घर्ती मगर ९महिला०, शान्ति थापा, कमल बुढा, रोल्पाका सुकमान रोका, महेश रोका, रामकुमार पुन, सोन्तु घर्ती ९महिला०, सृजना मगर ९महिला०, जीतमाया घर्ती ९महिला०, राष्ट्र रोका, धादिङका सुजन घलान ९चालक०, सिन्धुलीका जीवन माझी, कैलालीका विन्ती रोका, विनिता घर्ती ९महिला०, कपिलवस्तुका कमानसिं रोका, स्या ङ्जाका कृष्ण क्षेत्री रहेका छन्।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार दुर्घटनाका घाइतेमध्ये विवेक माझी, विमल घर्ती र निरज पुनलाई एयर डाईनेष्टीको हेलिकोप्टरबाट र बाँकी घाइते तथा मृतकहरुलाई दुर्घटनास्थल नजिकै स्याङ्बोचेबाट एमआई सेभेन्टिनबाट उद्धार गरी पोखरा लगिएको छ।

मुस्ताङका प्रहरी प्रमुख डिएसपी महेन्द्र खड्काका अनुसार शुक्रबार जोमसोमदेखि ५० किमि माथि घिलिङ नजिकै दिउँसो २ बजे जोमसोम–कोरला खण्डको घिलिङ नजिक बिहानको खाना खाएर कार्यस्थल फर्कदै गरेका मजजुर बोकेको बा२ ख २२१९ नम्बरको टिपर सडकबाटखसेको थियो।

कालीगण्डकी करिडोरअन्तर्गत जोमसोम–लोमन्थाङ्ग खण्डको ५० किमिमा सडक निर्माण मजदुर बोकेकोटिपर अनियन्त्रित भइ तल खसको प्रहरीले जनाएको छ। स्रोतःई कान्तिपुर डट कम

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले